सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अनौठो ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’!


  •    न्युजभित्तो/७ बैशाख २०८३, सोमबार १२:२४ 
  • म्याग्दी, ७ वैशाख । अन्नपूर्ण गाउँपालिका–५ मा रहेको ‘पाउद्वार मुुर्ताला धार्मिक गुुफा’ पर्यटक र पूर्वाधारका पर्खाइमा छ । 

    स्थानीयवासीले ‘पाउद्वार मुुर्ताला धार्मिक गुुफा’ नामाकरण गरेको गुुफाभित्र अनौठा दृश्यहरु अवलोकन गर्न सकिन्छ । पाउद्वारका बासिन्दा जसे पुुनका अनुसार दुईतले गुफाभित्र विभिन्न देवी देवता, मानिसका शरीरका अङ्ग, शिवलिङ्ग, जनावरका थुन, खुुुर, सिङ जस्ता आकृतिहरु अवलोकन गर्न सकिने गुुफा ओझलमा परेको छ । 

    “गुुफाभित्र भेटिने मूर्तिकारले पहाडमा चट्टान कुुँदेर बनएका विचित्रका दृश्यहरु देख्दा अनौठो लाग्छ,” उहाँले भन्नुभयो “स्थानीय स्तरमा सीमित यो गुुफाको धार्मिक, ऐतिहासिक महत्वको विषयमा अध्ययन, संरक्षण, व्यवस्थापन, पूूर्वाधार निर्माण र प्रवद्र्धन गरी धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न पाउद्वारवासी जुुटेका छौँ ।”

    गणेश, शिवलगायत हिन्दू धर्मावलम्बीहरुका देवीदेवताहरुको आकृतिहरु पनि भेटिन्छ । तपतप गरेर पानी चुुहिरहने गुुफा करिब १० मिटर लामो भएको स्थानीयको भनाइ छ । गुुफाभित्र अँध्यारो भएकाले बत्ती अथवा ‘लाइट’ बाल्नुुपर्छ । 

    टेक्ने भुुइँ चिप्लो र होचो भएको हुँदा अवलोकन गर्दा सावधानी अपनाउनुपर्छ । घोप्टो परेर हिँड्नुुपर्छ । स्थानीयवासीबाहेक बाहिरका पर्यटकहरु हालसम्म यस गुुुफा अवलोकन गर्न नआएका पुनले बताउनुभयो । 

    पाउद्वार गाउँदेखि सवारीसाधनमा १० मिनेट र पैदलयात्रा २० मिनेट हिँडेपछि झारवाङको छेउमा रहेको गुुफामा पुगिन्छ । यसअघि गुुफासम्म पुग्ने पदमार्ग थिए । निगालोको झ्याङ समाएर गुुफासम्म पुुग्नुुुपर्ने अवस्था थियो । गुफा नजिकको झारवाङखोलामा पुल थिएन । 

    पाउद्वारकी पुुर्जा रोकाले आमा जैसराले पाउने ‘पेन्सन’ बापतको रकम खर्चेर गुुफामा जाने करिब ३०० मिटर पदमार्ग निर्माण गरिदिनुभएको छ । पदमार्ग निर्माणमा पाउद्वारवासीले श्रमदान गरेका छन् । झारवाङदेखि गुुफासम्म ५०० मिटर तार तानेर विद्युत् पनि विस्तार भएको छ ।  

    अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु तीन लाख बजेटबाट झारवाङ खोलामा आठ मिटर लामो ‘ट्रस’ पुल निर्माण भएको छ । गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी पुुनले उक्त गुुफाभित्रको आकृतिहरु देखेर अनौठो महसुुस भएको बताउनुभयो । 

    गुफाको विषयमा विस्तृत अध्ययन–अनुुसन्धान गरेर धार्मिक र ऐतिहासिक तथ्यहरुको खोजी थालिएको उहाँले बताउनुभयो । त्यहाँका बासिन्दाको केही दिनअघि मात्रै उक्त गुुफालाई ‘पाउद्वार मुुर्ताला धार्मिक गुुफा’ नामाकरण गरेका हुुन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुडी समाजद्वारा सांसदलाई सम्मान
    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    • पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो
    • अनौठो ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’!

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.