समाज
चितवन,५ साउन । भरतपुरको रामपुरमा निर्माणाधिन गौतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई मलेशियाबाट नेपालीहरुले सहयोग गरेका छन् । मलेशियास्थित सामसुङ इलेक्ट्रोनिक्स कम्पनीमा कार्यरत नेपालीहरुले रंगशाला निर्माणका लागि ४ लाख ३ हजार २८८ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । उनीहरुले धुर्मुस सुन्तली फाउण्डेशनको...
डोटी,५ साउन । जिल्ला निर्वाचन कार्यालयले जिल्लामा मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य शुरुआत गरेको छ । कार्यालयले यहाँका नौवटै स्थानीय तहमा नागरिकलाई आफ्नो नामावली दर्ता, जन्ममिति सच्याउन तथा स्थान परिर्वतनका लागि कार्यालयमा प्रमाणसहित आउन आग्रह गरेको छ । कार्यालयले यहाँका...
सप्तरी,५ साउन । सप्तरीको खडक नगरपालिका–९ का ७० वर्षीय दाउद मियाँको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। हत्या आरोपमा प्रहरीले सप्तरीको खडक नगरपालिका–९ का ३२ वर्षीय नजबुल मियाँ, सोही ठाउँका ६० वर्षीय रफु भनिने रफुवा मियाँ,...
काठमाडौँ, ५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवासँग आज नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गर्नुभएको छ । उहाँले सरकारलाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउन छलफल थाल्नुभएको हो । त्यस क्रममा अध्यक्ष दाहालले सरकारको साझा न्यूनतम्...
गोरखा, ५ साउन । बाढीसँगै आएको पहिरोले उत्तरी गोरखाको धार्चेगाउँपालिकास्थित झोलङ्गे पुलमा क्षति पुयाएको छ । पहिरोसँगै खसेको ठूलो रुखले धार्चेगाउँपालिका–५ को माछाखोला र वडा नं ३ को उहियाँ खोला जोड्ने झोलुङ्गे पुलको एकतर्फको लठ्ठा चुँडिएर क्षति भएको स्थानीयवासी प्रतापमान...
झिमरुक, ५ साउन । पौडी खेल्ने क्रममा प्यूठानको माडी नदीमा बगेर दुई बालिका बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा जिल्लाको सरुमारानी गाउँपालिका–४ बैकेका बोमबहादुर थापा मगरकी आठ वर्षीया छोरी विपना थापा मगर र मान्द्रेका नुमबहादुर थापा (मर्साङी मगर)की सात वर्षीया...
चितवन, ५ साउन । चितवनको एकमात्र केन्द्रीय अस्पताल भरतपुर सरकारी अस्पताल अव्यबस्थीत पार्किङले गर्दा कुरुप र अस्तव्यस्त बन्दै गएको छ। अस्पताल प्रशासनले पार्किङको उचित ब्यबस्थापन गर्न नसक्दा अस्पतालमा सेवा लिन आएका सर्वसाधरणका सवारीको जथाभावि पार्किङ्ले समस्या सृजना गरेको हो ।...
बागलुङ,५ साउन । घरेलु मदिरा पिएका चार मजदुरको मंगलबार बिहान मृत्यु भएको छ । अरू दुई जना गम्भीर बिरामी छन् । उनीहरूले सोमबार बेलुकी घरेलु मदिरा सेवन गरेका थिए । मृत्यु हुनेमा रोल्पाको सुनील स्मृति गाउँपालिका–५ का ३० वर्षीय प्रविन...
काठमाडौँ, ५ साउन । आज मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा आज ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९३ हजार २००...
नवलपुर, ५ साउन । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाको नयाँ सुविधासम्पन्न भवन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्नुभएको छ । मध्यविन्दु–७ चोरमारामा निर्माण गरिएको प्रशासनिक भवनको सोमबार उद्घाटन भएसँगै सोही भवनबाट केही विषयगत शाखाहरुको काम शुरु गरिएको छ...














