सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रंगशाला निर्माणमा मलेशियाबाट नेपालीहरुको आर्थिक सहयोग


  •    न्युजभित्तो/५ श्रावण २०७८, मंगलवार १५:२४ 
  • चितवन,५ साउन । भरतपुरको रामपुरमा निर्माणाधिन गौतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई मलेशियाबाट नेपालीहरुले सहयोग गरेका छन् । मलेशियास्थित सामसुङ इलेक्ट्रोनिक्स कम्पनीमा कार्यरत नेपालीहरुले रंगशाला निर्माणका लागि ४ लाख ३ हजार २८८ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

    उनीहरुले धुर्मुस सुन्तली फाउण्डेशनको बैंक खातामा उक्त रकम पठाएका हुन् । रकम सहयोग सँगै रंगशालाको प्याराफिटको ३ वटा कुर्चीमा उक्त समूहमा नाम लेखिने भएको छ ।

    रंगशाला निर्माण अभियानमा इट्टा थप्नका लागि आर्थिक सहयोग गरिएको उक्त कम्पनीमा कार्यरत नारायण परियारले बताए । कम्पनीमा कार्यरत नेपालीहरुबाट रकम संकलन गरेर फाउण्डेशनलाई आर्थिक सहयोग पठाएको उनले बताए ।

    ‘हाम्रै देशमा अन्तराष्ट्रिय स्तरको रंगशाला बन्नु गर्वको बिषय हो, उनले भने, यो अभियान सफल बनाउन सबैले एक(एक इट्टा भए पनि सहयोग गर्नुपर्छ भनेर हामीले आफ्नो तर्फबाट जती सकिन्छ संकलन गरेर पठाएका हौं ।’ उनले सबैलाई रंगशाला निर्माण अभियानमा हातेमालो गर्न आग्रह पनि गरे ।

    फाउण्डेशनले सहयोगका लागि सामसुङ इलेक्ट्रोनिक्स कम्पनीमा कार्यरत नेपालीहरुलाई धन्यवाद व्यक्त गरेको छ । रंगशालालाई आर्थिक सहयोग आवश्यक रहेको भन्दै फाउण्डेशनले सबैलाई सहयोगका लागि अपिल समेत गरेको छ ।

    रंगशालाको अहिले ३५ प्रतिशत काम सकिएको छ । निर्माण सुरु भएको एक वर्षको अवधिमा ३५ प्रतिशत काम सकिँदा ५२ करोड रुपैयाँ खर्च भएको र १४ करोड रुपैयाँ ऋण रहेको छ । रंगशालाको दुई स्ट्यान्ड जगको ढलानमा ६० प्रतिशत काम सम्पन्न भएको छ भने टाइबिमको काम पनि २० प्रतिशत सकिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.