सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सप्तरीमा हत्या आरोपमा पाँच जना पक्राउ


  •    न्युजभित्तो/५ श्रावण २०७८, मंगलवार १४:३२ 
  • सप्तरी,५ साउन । सप्तरीको खडक नगरपालिका–९ का ७० वर्षीय दाउद मियाँको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

    हत्या आरोपमा प्रहरीले सप्तरीको खडक नगरपालिका–९ का ३२ वर्षीय नजबुल मियाँ, सोही ठाउँका ६० वर्षीय रफु भनिने रफुवा मियाँ, ४२ वर्षीय इजराइल मियाँ, ५५ वर्षीय वालिस भनिने कालिस मियाँ र उनका छोरा ३२ वर्षीय जाकिर मियाँलाई पक्राउ गरेको सप्तरी प्रहरीले जनाएको छ।

    वैदेशिक रोजगारीमा भएको ठगीका कारण उत्पन्न विवादका क्रममा गत शुक्रबार दाउदको हत्या भएको थियो।

    घटनापछि फरार अभियुक्तहरुलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय कल्याणपुरका उमाशङ्करप्रसाद साह, इलाका प्रहरी कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्र पासवान र इलाका प्रहरी भेडियाका प्रहरी नायब निरीक्षक सागिर राइनको टोलीले विशेष सुराकीका आधारमा उनीहरुलाई पक्राउ गरेको जनाइएको छ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.