सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पहिराले झोलङ्गे पुलमा क्षतिः जोखिमपूर्ण यात्रा गर्न बाध्यता


  •    न्युजभित्तो/५ श्रावण २०७८, मंगलवार १४:१३ 
  • गोरखा, ५ साउन । बाढीसँगै आएको पहिरोले उत्तरी गोरखाको धार्चेगाउँपालिकास्थित झोलङ्गे पुलमा क्षति पुयाएको छ ।

    पहिरोसँगै खसेको ठूलो रुखले धार्चेगाउँपालिका–५ को माछाखोला र वडा नं ३ को उहियाँ खोला जोड्ने झोलुङ्गे पुलको एकतर्फको लठ्ठा चुँडिएर क्षति भएको स्थानीयवासी प्रतापमान गुरुङले जानकारी दिनुभयो ।

    आइतबार राति परेको अविरल वर्षापछि आएको बाढीका कारण खोला तर्फबाट खसेको पहिरोले पुलमा क्षति पुयाएको उहाँले बताउनुभयो । “माथि भिरबाट ठूलो रुख ढलेर पुलमा खसेका कारण पुलको एकातर्फको लठ्ठा चुँडिएको छ”, उहाँले भन्नुभयो, “तत्काल मर्मत सम्मार गर्न नसके यहाँका नागरिकले सास्ती खेप्नुपर्ने अवस्था बनेको छ ।” २०६० सालमा बिपीको सहयोगमा निर्माण भएको उक्त पुलमा क्षति पुगेपछि उत्तरी गोरखाको धार्चे र चुमनुब्री गाउँपालिकाका नागरिकसँगै पर्यटकलाई समेत समस्या भएको उहीयाँ खोलाका स्थानीयवासी दिलबहादुर गुरुङले बताउनुभयो ।

    जिल्लाको पर्यटकीय मार्गको रुपमा चिनिने मनास्लु पदमार्ग प्रवेश गर्ने झोलुङ्गे पुलको लठ्ठा चुँडिएपछि अहिले जोखिम मोलेर आउजाउ गर्न बाध्य भएको उहाँको भनाइ छ । “माछा खोलामाथिको पुल उत्तरी गोरखाका सर्वसाधारण र पर्यटक आउजाउ गर्ने पुल हो”, उहाँले भन्नुभयो, “यो पुल नतरी उत्तरी क्षेत्र पुग्न सकिदैन, अहिले पुल तर्न ज्यानको जोखिम मोल्नुपर्ने बाध्यता छ ।”

    दैनिक आवातजावत गर्न समस्या भएपछि स्थानीयवासी मिलेर पहिरोसँगै आएको रुख हटाएर पुलको एकतर्फको लठ्ठामा भुण्डिएर वारपार गर्न सक्ने बनाएको गुरुङले जानकारी दिनुभयो । जेठको अन्तिम सातादेखि परेको वर्षाका कारण पदमार्गसमेत अवरुद्ध भएपछि नेपाली सेनाले केही दिनअघि मात्र पदर्माग सफा गरेको थियो । तर फेरि पहिरोले पुलमा क्षति पु¥याएपछि समस्या भएको गुरुङको भनाइ छ ।

    पुलमा क्षति पुगेसँगै खच्चडबाट सामान ढुवानीमा समस्या भएको स्थानीय व्यवसायी शर्मिला गुरुङले जानकारी दिनुभयो । खच्चडबाट सामान ढुवानी गर्नुपर्ने सो क्षेत्रमा ढुवानी गर्न सक्ने अवस्था नभएपछि दैनिक उपभोग्य वस्तुको अभाव हुनसक्ने उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.