भरतपुर अस्पतालमा पार्किङको उचित व्यबस्थापन गर्न नसक्दा कुरुप र अस्तव्यस्त बन्दै
न्युजभित्तो/५ श्रावण २०७८, मंगलवार १२:५०
चितवन, ५ साउन । चितवनको एकमात्र केन्द्रीय अस्पताल भरतपुर सरकारी अस्पताल अव्यबस्थीत पार्किङले गर्दा कुरुप र अस्तव्यस्त बन्दै गएको छ।
अस्पताल प्रशासनले पार्किङको उचित ब्यबस्थापन गर्न नसक्दा अस्पतालमा सेवा लिन आएका सर्वसाधरणका सवारीको जथाभावि पार्किङ्ले समस्या सृजना गरेको हो । अस्पताल को प्रवेशद्धार परिसरमा जथाभावी रुपमा सवारी साधन पार्किङ हुने गरेका छन्। मोटरसाईकल , अटो रेक्सा, म्याजिक भ्यान, कार, लगायतका सवारी साधनको अव्यस्थीत पार्किङ र विभिन्न किसिमका ठेलामा राखेर गरिने व्यापार व्यवसायले त्यस क्षेत्रमा दुर्घटनाका जोखिम पनि बढ्दै गएको छ।
मुख्य प्रबेशद्धार अगाडीको क्षेत्रमा एकतर्फि मात्रै पार्किङ गर्ने भनिएपनि जथाभावी सवारी साधन रोकेर सडकलाई पार्किङस्थलको रुपमा प्रयोग गर्ने गरिएको छ। सवारी चालकले मनपरी तरिकाले सवारी साधन पार्किङ गर्दा र विभिन्न किसिमका ठेलामा राखेर गरिने व्यापार व्यवसायले गर्दा त्यस बाटो भएर हिडडुल गर्ने सर्वसाधारणलाई थप हैरानी खेप्नु परेको छ।
जथाभावी पार्किङका कारण दुर्घटनाको जोखिमसमेत बढेको स्थानीय ठाकुर आचार्यले बताए। उनले भने, ‘जथाभावी गाडी पार्किङको समस्या उस्तै छ। अझ नयाँ संरचना बनाउन थालेकाहरुले समेत सडकमै बालुवा, गिट्टी र ईंट्टा राख्ने गरेका छन्। यसले झन् समस्या निम्त्याएको छ।’साँघुरो सडकमा जताततै पार्किग गर्दा अस्पताल क्षेत्र अस्तव्यस्त बनेको उनको भनाइ छ। सवारी साधन पार्किङको व्यवस्था नगर्दा आफूहरुले सडक छेउमा पार्किङ गर्न बाध्य भएको सवारी चालक हर्क बोगटीले बताए।
उनले भने, ‘सवारी साधन पार्किङका लागि पार्किङस्थल नै छैन, अनि सडकमै गाडी रोक्नुको बिकल्प नै छैन। हाम्रो रहर होइन बाध्यता हो।’ त्यस्तै जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख भगवान राज थापाले आफूहरुले व्यवस्थापन गर्नको लागि योजनाहरु बनाइ राखेको बताउछन् । उनले सर्वसाधारणले नियम कानुन मिचेर पार्किङ गर्दै आएको बताए । उनले भने , अटो रेक्साले ट्राफिकलाई जति कार्वाही गरे पनि अटेर गर्ने गरेका छन् ।
उनले ट्राफिकको एक्ल प्रयासले कहि नहुने महानगरको प्रतिनिथिको आवश्यक रहेको बताए । उनले पार्किङ क्षेत्र व्यवस्थापनका लागि महानगरसँग मिलेर योजना बनाउन लागेको जानकारी दिए । उनले सवारी पार्किङ निषेध गरिएको स्थानमा कसैले सवारी पार्किङ गरेको पाइए पहिलो पटक सचेत गराउने र दोस्रो पटक पनि सोही प्रकृति दोहोरिए जरिवाना गरिनेले बताए ।
’ उनले भने, ‘हामीले भ्याएसम्म कारवाहीको दायरामा ल्याएका छौँ, सधैँ र सबै क्षेत्रमा ट्राफिकले देख्छ भन्ने त हुँदैन । जनशक्तिको अभावमा सबै स्थानमा एकैचोटि ट्राफिक परिचालन गर्न सकिँदैन , हामीले आफु सक्दो कारबाही गरिरहेका छौँ । ‘सडक नै जाम हुने गरी पार्किङ गर्ने सवारीधनीलाई कारबाही गर्दै आए पनि अव्यवस्थित पार्किङ गर्ने प्रवृत्ति घट्न सकेको छैन ।
ट्राफिकले समय–समयमा विभिन्न अपरेसन नै गरेर सवारी व्यवस्थापनमा लागे पनि अव्यवस्थित पार्किङमा कमी आएको पाइँदैन । ट्राफिक जनशक्ति र उच्च सवारी चापका कारण सवारी व्यवस्थापनमा कठिनाइ भइरहेको छ ।