सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बागलुङमा घरेलु मदिरा पिएका चार मजदुरको मृत्यु, दुई जना गम्भीर


  •    न्युजभित्तो/५ श्रावण २०७८, मंगलवार १२:२२ 
  • बागलुङ,५ साउन । घरेलु मदिरा पिएका चार मजदुरको मंगलबार बिहान मृत्यु भएको छ । अरू दुई जना गम्भीर बिरामी छन् । उनीहरूले सोमबार बेलुकी घरेलु मदिरा सेवन गरेका थिए ।

    मृत्यु हुनेमा रोल्पाको सुनील स्मृति गाउँपालिका–५ का ३० वर्षीय प्रविन घर्ती, ५१ वर्षका रेखबहादुर राना, २१ वर्षका दीपेन्द्र पुनमगर र ३९ वर्षको दूधबहादुर राना छन् । उनीहरूको मंगलबार बिहान साढे ४ बजे मृत्यु भएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए ।

    ती मजदुर गलकोट नगरपालिका–७ को मल्मस्थित एक खानेपानी आयोजनामा काम गर्थे । मदिरा पिएर सुत्न हिँडेका उनीहरूको अवस्था गम्भीर भएपछि उपचारका लागि राति नै धौलागिरि अस्पताल ल्याइएको थियो ।

    गम्भीर बिरामी रहेकामा २६ वर्षीय रवीन्द्र पुन र ३८ वर्षीय खेमराज घर्ती छन् । उनीहरूको धौलागिरि अस्पतालमा उपचार भइरहेको मेडिकल सुपरिटेन्डेन्ट डा।शैलेन्द्र पोखरेलले बताए । घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.