समाज
काठमाडौँ, १० साउन । आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ९२ हजार रुपैयाँमा झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज एक सय रुपैयाँले घट्दै ९२ हजार रुपैयाँमा...
काठमाडौं, १० साउन । पहिरोले लिखु गाउँपालिका–९ पोकलीका आठ घर विस्थापित भएका छन् । स्थानीय तहले विस्तार गरेको ग्रामीण सडकका कारण पहिरो जाँदा पोकलीका आठ घर विस्थापित भएका हुन् । गाउँमा खनिएको सडकले घरमुनिबाट तान्ने र माथिबाट पहिरो झर्ने क्रम...
नवलपुर, १० साउन । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने बालिकाको हत्या भएको छ । जिल्लाको देवचुली–६ मिर्तुङमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परी पाँच महिने बालिकाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता...
वाग्मती, १० साउन । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले गत आर्थिक वर्ष २०७७र७८ मा कूल रु एक अर्ब ४० करोड ३३ लाख ९९ हजार ४४।१५ पैसा बराबरको सिमेन्ट बिक्री गरेको जनाएको...
चितवन, १० साउन । बकुलहर रत्ननगर अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच चिकित्सा विधाका विविध सङ्कायमा अध्ययन÷अध्यापन गराउने सम्बन्धमा सहमति भएको छ । सहमतिसँगै अस्पतालमा शैक्षिक गतिविधि सञ्चालन गर्न बाटो खुलेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा विश्वबन्धु बगालेले...
काठमाडौँ, १० साउन । कोरोना भाइरसको महामारीले करिव दुई वर्षदेखि रोकिएका त्रिभुवन विश्वविद्यालयको परीक्षा आज शुरु भएको छ । आज स्नातक तह पहिलो वर्षको वार्षिक परीक्षा सुरु भएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । उनका अनुसार आज बीए, बीएड र...
जलेश्वर, १० साउन । प्रलोभनमा पारेर भारतको मुम्बई शहरमा बेच्न लैजाँदै गरिएका सात बालिकालाई उद्धारपछि ओरेक नेपालले धम्की दिएर बयान फेर्न लगाएको बालिकाका आफन्तले आरोप लगाएका छन् । गत चैत १७ गते महोत्तरीको भङ्गाहा नगरपालिका–८ स्थित धर्मपुरका सात किशोरी...
फुङ्लिङ, १० साउन । चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ याङ्मा क्षेत्रका गोठबाट दुई वर्षयता याकहरुको बिक्री भएको छैन । कोभिडका कारण चीनसँगको नाका बन्द भएसँगै याक बिक्री नहुँदा त्यहाँका बासिन्दाले आर्थिक सङ्कट खेप्नुपरेको छ । फक्ताङ्लुङ–७ याङ्मावासी कान्दे ग्याबु...
काठमाडौं,९ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ९१० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २३०९ र एन्टिजेन विधिबाट ८०५ जनामा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म...
कास्की, ९ साउन । पोखरास्थित पर्यटकीय गन्तव्य सराङकोटमा धार्मिक पर्यटन आकर्षित गर्न शुरु गरिएको शिव मन्दिर, दृश्यावलोकन केन्द्र(भ्यूटावर), गणेश मन्दिर निर्माणलगायत गुरुयोजनाको काम अघि बढेको छ । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिले गुरुयोजना निर्माण गरी समितिको स्वामित्वमा...














