सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बकुलहर रत्ननगर अस्पतालमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै


  •    न्युजभित्तो/१० श्रावण २०७८, आईतवार ११:०१ 
  • चितवन, १० साउन । बकुलहर रत्ननगर अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच चिकित्सा विधाका विविध सङ्कायमा अध्ययन÷अध्यापन गराउने सम्बन्धमा सहमति भएको छ । सहमतिसँगै अस्पतालमा शैक्षिक गतिविधि सञ्चालन गर्न बाटो खुलेको छ ।

    अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा विश्वबन्धु बगालेले अस्पताल र प्रतिष्ठानबीच शैक्षिक कार्यक्रम सञ्चालन गर्न सम्झौता भएको जानकारी दिनुभयो । सम्झौताअनुसार प्रदेश सरकार मातहतमा रहेको ५० शय्या क्षमताको अस्पतालले स्नातक तथा स्नातकोत्तर तहका स्वास्थ्य शैक्षिक कार्यक्रम सञ्चालन गर्न पाउने भएको छ । वाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रममै प्रदेश मातहतका अस्पतालमा प्रतिष्ठानमार्फत स्वास्थ्यसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गर्दै लैजाने उल्लेख छ ।

    बगालेका अनुसार अर्को वर्षबाटै एमडिजीपीका कार्यक्रम सञ्चालन गर्न सकिनेछ भने दुई वर्षमा बिएन, बिएस्सी नर्सिङ तथा बिएमएलटी कार्यक्रम सञ्चालन गर्न सकिने छ । डा बगालेले भन्नुभयो, “हामी दुई÷तीन महिनामै १०० शय्या क्षमतामा जान्छौँ, सबै तयारी पूरा भएको छ ।” उहाँका अनुसार अस्पतालमा केही महिनामै आइसीयू, पिआइसीयू र एनआइसीयू सञ्चालनमा आउँदैछ । दश शय्याको आइसीयू, पाँच शय्याको एनआइसीयू, १० शय्याको पोष्टअप, दुईवटा मोडुलर शल्यक्रिया कक्ष, केही क्याबिन र प्रसूति कक्ष थप्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

    शैक्षिक कार्यक्रम सञ्चालन गरेसँगै यहाँको स्वास्थ्य सेवाको गुणस्तरमा समेत थप वृद्धि हुने अपेक्षा गरिएको छ । यस अस्पतालले पूर्वी चितवनमा रहेका चारवटा नगरपालिका रत्ननगर, खैरहनी, राप्ती र कालिकाका जनतालाई प्रत्यक्ष स्वास्थ्य सुविधा पु¥याउन सक्नेछ । अस्पतालमा हाल दैनिक ७०० हाराहारी बिरामी आउने गरेका छन् । बगालेका अनुसार अधिकांश जसो शल्यक्रियालगायतका सेवा अस्पतालले दिने गरेको छ । यसअघि त्यस क्षेत्रका जनता सामान्य अवस्थामा पनि उपचारका लागि भरतपुर आउन बाध्य थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.