सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पोखराको सराङकोटमा धार्मिक पर्यटनको गुरुयोजना, अघि बढाइँदै पूर्वाधार निर्माण


  •    न्युजभित्तो/९ श्रावण २०७८, शनिबार १६:५२ 
  • कास्की, ९ साउन । पोखरास्थित पर्यटकीय गन्तव्य सराङकोटमा धार्मिक पर्यटन आकर्षित गर्न शुरु गरिएको शिव मन्दिर, दृश्यावलोकन केन्द्र(भ्यूटावर), गणेश मन्दिर निर्माणलगायत गुरुयोजनाको काम अघि बढेको छ । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिले गुरुयोजना निर्माण गरी समितिको स्वामित्वमा रहेको ५६ रोपनी जमिनमा धार्मिक र पर्यटकीय पूर्वाधार निर्माणको काम अहिले धमाधम भइरहेको हो ।

    सराङकोटमा मानवबस्ती बसेदेखिबाट भैरव मन्दिरलगायतका मठमन्दिर निर्माण भएका र धार्मिक क्षेत्रका रुपमा विकास भएको बताइन्छ । एक दशकअघि त्यहाँ शिव मन्दिर निर्माणको अवधारणा अघि सारिएको थियो । अहिले शिव मन्दिर निर्माणको काम अन्तिम चरणमा पुगेको समितिका अध्यक्ष प्रेमबहादुर जिसीले बताउनुभयो ।

    उहाँका अनुसार रु ४० करोड लगानीमा बृहत् सराङकोट धार्मिक पर्यटन गुरुयोजना निर्माणको योजना रहेकामा हालसम्म रु २० करोड लगानी भएको छ । समितिले गुरुयोजना सफल बनाउन र आर्थिक स्रोत जुटाउन चार वर्षअघि महायज्ञ लगाएर रु छ करोडभन्दा बढी अर्थ सङ्कलन गरेको थियो ।

    बृहत् साराङकोट धार्मिक पर्यटन गुरुयोजनामा विशाल महादेव मन्दिर, तीन तलाको शिव मन्दिर, हवन कुण्ड, भ्युटावर, बहुउद्देशीय सभाहल, प्रवेशद्वारलगायतका संरचना निर्माण रहेको छ । समग्र गुरुयोजनाको हालसम्म ७० प्रतिशत काम सकिएको बताइन्छ ।

    “पर्यटकीयस्थलका रुपमा विकास भएको सराङकोटलाई यहाँको ऐतिहासिक र धार्मिक महिमासँग जोडेर धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजनाअनुसार गुरुयोजना निर्माण गरेर काम भइरहेको छ”, समितिका अध्यक्ष जिसीले भन्नुभयो, “महानगर, प्रदेश, सङ्घ सरकारसहित यहाँका विभिन्न सङ्घसंस्था र सराङकोटवासीको लगानी र प्रयासबाट यसलाई आगामी एक वर्षभित्रमा पूरा गर्दछौँ ।”

    समितिअन्तर्गत नै विशाल बुद्ध मन्दिर निर्माण गर्न मुस्ताङका आरडी विष्टले रु १५ करोड उपलब्ध गराउने प्रतिज्ञा गरे पनि जमिन यकीन नहुँदा अहिलेसम्म काम अघि बढ्न नसकेको र छिट्टै सो कार्य पनि अघि बढाइने समितिले जनाएको छ । शिव मन्दिरका लागि रु १० करोड लगानी हुने अनुमान समितिको छ । भ्यूटावर निर्माणका लागि हालसम्म प्रदेश सरकारबाट विभिन्न चरणमा रु ९० लाख लगानी भएको बताइन्छ । भ्यूटावरको संरचनाको काम सकिएको छ । बहुउद्देशीय सभाहल निर्माण पनि सकिएको छ । सभाहलमा तीन हल, गुरु तथा अतिथिका लागि पाँच कोठा छन् ।

    यसैगरी सभाहलको माथिल्लो तलालाई सङ्ग्रहालयका रुपमा विकास गर्ने योजना रहेको पूर्वाधार निर्माण समितिका सचिव कृष्ण थापाले जानकारी दिनुभयो । उहाँका अनुसार शिव, पार्वती, लक्ष्मी र कुमारको मूर्ति राख्नका लागि स्व सूर्यबहादुर केसीले प्रतिज्ञा गर्नु भएअनुसार मूर्ति ल्याउने प्रक्रिया अघि बढेको छ ।

    सराङकोट विशेषगरी सूर्योदय तथा सूर्यास्त र हिमशृङ्खला, पोखरा शहर तथा फेवातालको दृश्यावलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा परेको छ । सराङकोटमा बन्दाबन्दीअघि दैनिक एक हजार ५०० देखि दुई हजार पर्यटक पुग्ने गरेको बताइन्छ ।

    गणेश मन्दिर शिलान्यास

    सराङकोट धार्मिक तथा पर्यटकीय गुरुयोजनाअन्तर्गत निर्माण गरिने शिव मन्दिरको आज शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले मन्दिरको शिलान्यास गर्नुभयो । गणेश मन्दिरमा यसअघि लगाइएको महायज्ञमा स्व रामबहादुर थापाले रु ११ लाख सङ्कल्प गर्नुभएको थियो ।

    गजुरसहित तीन तलाको मन्दिरको रु २३ लाख ७५ हजार लागत अनुमान गरिएको समितिका अध्यक्ष जिसीले बताउनुभयो । आगामी तीन महिनाभित्रमा मन्दिर निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताइन्छ ।

    कार्यक्रममा मन्त्री बरालले धार्मिक पर्यटक वृद्धि गर्न र सराङकोटको थप प्रवद्र्धनका लागि गुरुयोजनाले सघाउ पुग्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले पूर्वाधार निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.