समाज
भदौ,२७ धनगढी । कञ्चनपुरमा तीज कार्यक्रम भइरहेको बेला दुई समूहबीच झडप हुँदा ७ जना घाइते भएका छन् । शनिबार राति ८ बजेको समयमा कृष्णपुर नगरपालिका–१ को भेटघाट शिविरमा तीज कार्यक्रममा झडप भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ४ जनाको अवस्था...
चितवन,२७ भदौं । चितवनमा पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा १७ जना र रत्ननगरमा दुई जना गरी १९ कोरोना संक्रमित थपिएका हुन् । चितवनका विभिन्न अस्पतालमा ३० जना बिरामीले उपचार गराइरहेका...
काठमाडौं , २७ भदौ । प्रतिनिधिसभाको बैठक भदौ २९ गतेसम्मका लागि स्थगित भएको छ । बैठकमा नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले भदौ २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । ...
काठमाडौँ, २७ भदौ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठक अवरोध नगर्न र न्यूतनम् साझा समझदारी बनाउन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुलाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदले नाराबाजी गर्दै बैठक अवरोध गर्नुभएको...
चितवन,२७ भदौ । नेपाल मौरी पालक महासंघ चितवनले ’तोरी खायो मौरी’ ले बोलको तीज गीतप्रति आपत्ति जनाएको छ । महासंघले आज (आइतबार) एक विज्ञप्ति जारी गर्दै खेम सेन्चुरी र कमला घिमिरेको आवाजमा रहेको उक्त तीज गीतप्रति आपत्ति जनाएको हो...
गण्डकी, २५ भदौ । सुन्दा अनौठो लाग्न सक्छ, पुल भएका अवस्थामा आठ÷१० मिनेटमा हिँडेरै वडा कार्यालय पुग्नसक्ने पोखरा महानगरपालिकाभित्रै वडा नं ३२ तल्लो गगनगौँडाका स्थानीयवासी अहिले भने त्यहाँ जान झण्डै एक घण्टा हिँड्नुपर्ने बाध्यतामा छन् । लामो समयदेखि चर्चामा रहेर...
काठमाडौँ, २७ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा मर्यादित भएर प्रस्तुत हुन आफ्नो पार्टीका सांसदलाई निर्देशन दिनुभएको छ । एमाले संसदीय दलको आज बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बसेको बैठकमा उहाँले मर्यादित भएर संसद् अवरुद्ध...
चितवन, २७ भदौ । जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालय आगामी असोज १ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार यहाँ रहेका विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरी भौतिक रुपमा विद्यालय सञ्चालन गर्न लागिएको शिक्षा विकास...
काठमाडौं, २७ भदौ । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । उनी मृतक तेजबहादुर कार्कीका भतिजो समेत हुन् । घटना भएको दिन तेजबहादुरले खेताला आउन भनेका थिए । लोकबहादुर र...
काठमाडौँ, २७ भदौ । राष्ट्रिय प्रणालीमा माथिल्लो तामाकोशीको बिजुली जोडिएपछि रातको समयमा झण्डै ४०० मेगावाट बिजुली खेर गएको छ । दिउँसोका समयमा पनि २०० मेगावाट बिजुली जगेडामा परेको छ । कुनै समय एक युनिट बिजुलीका लागि पनि ठूलो सङ्घर्ष गर्नुपरेको...














