चितवनमा पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमित थपिए
न्युजभित्तो/२७ भाद्र २०७८, आईतवार १५:५९
चितवन,२७ भदौं । चितवनमा पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा १७ जना र रत्ननगरमा दुई जना गरी १९ कोरोना संक्रमित थपिएका हुन् ।
चितवनका विभिन्न अस्पतालमा ३० जना बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा १८ जना, भेन्टिलेटरमा चार जना, एचडीयूमा २० जना, सामान्य बेडमा १३ जना रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा सात जना कोरोनाका बिरामी विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।
चितवनमा सक्रिय संक्रमितको संख्या ६७९ जना पुगेको छ । जसमध्ये घरको आइसोलेसनमा ६३९ जना र अस्पतालको आइसोलेसनमा ३० जना रहेका छन् । यो संख्या कोरोनाको दोस्रो लहर सुरु भएपछिको सबैभन्दा कम हो । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार चितवनमा अहिलेसम्म ९५.६ प्रतिशत कोरोना संक्रमित निको भएका छन् भने १.६ प्रतिशतको मृत्यु र २.८ प्रतिशत आइसोलेसनमा रहेका छन् ।