सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमित थपिए


  •    न्युजभित्तो/२७ भाद्र २०७८, आईतवार १५:५९ 
  • चितवन,२७ भदौं । चितवनमा पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा १७ जना र रत्ननगरमा दुई जना गरी १९ कोरोना संक्रमित थपिएका हुन् ।

    चितवनका विभिन्न अस्पतालमा ३० जना बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा १८ जना, भेन्टिलेटरमा चार जना, एचडीयूमा २० जना, सामान्य बेडमा १३ जना रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा सात जना कोरोनाका बिरामी विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    चितवनमा सक्रिय संक्रमितको संख्या ६७९ जना पुगेको छ । जसमध्ये घरको आइसोलेसनमा ६३९ जना र अस्पतालको आइसोलेसनमा ३० जना रहेका छन् । यो संख्या कोरोनाको दोस्रो लहर सुरु भएपछिको सबैभन्दा कम हो । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार चितवनमा अहिलेसम्म ९५.६ प्रतिशत कोरोना संक्रमित निको भएका छन् भने १.६ प्रतिशतको मृत्यु र २.८ प्रतिशत आइसोलेसनमा रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर
    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    • ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.