सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

असोज १ गतेदेखि चितवनका शैक्षिक संस्थामा पढाइ हुने


  •    न्युजभित्तो/२७ भाद्र २०७८, आईतवार १४:०४ 
  • चितवन, २७ भदौ । जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालय आगामी असोज १ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार यहाँ रहेका विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरी भौतिक रुपमा विद्यालय सञ्चालन गर्न लागिएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

    कार्यालयका प्रमुख भूमिलाल सुवेदीका अनुसार जिल्लामा ३४९ सामुदायिक र १७६ संस्थागत विद्यालय छन् । ती विद्यालयमा एक लाख ५६ हजार ८०० विद्यार्थी अध्ययनरत रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एउटा कक्षामा २५ विद्यार्थी सहभागी बनाइ अध्ययन अध्यापन सुरु गर्ने तयारीमा छौ ।” एउटा बेन्चमा दुई जना राख्ने गरी व्यवस्था गरिएको उहाँको भनाइ थियो ।

    स्वास्थ्य कार्यालय, स्थानीय प्रशासन, स्थानीय तह र एकाइको समन्वयमा विद्यालय खोलेर भौतिक रुपमा पठनपाठन गर्न लागिएको हो । विद्यालय सञ्चालन गर्दा प्रर्याप्त मात्रामा साबुन पानी र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीले माक्स र फेस सिल्ड आफैले व्यवस्था गर्नुपर्ने हुन्छ ।” भरतपुर महानगरपालिका शिक्षा महाशाखाका प्रमुख महेन्द्रप्रसाद पौडेलका अनुसार महानगरमा विद्यालय सञ्चालनका लागि १५ बुद्धे मापदण्ड तयार गरिएको छ । मापदण्डअनुसार असोज १ गते कक्षा ९ देखि १२ सम्म भौतिक रुपमा सञ्चालन गर्ने, त्यसपछि एक हप्ताको अवस्थाका आधारमा कक्षा ६ देखि ८ सम्म र बालविकास कक्षादेखि कक्षा ५ सम्म क्रमशः भौतिक रुपमा उपस्थित भई विद्यालय सञ्चालन गरिने जनाइएको छ ।

    एक एक हप्ताको फरकमा अवस्था हेरेर भौतिक रुपमा कक्षा सञ्चालन गर्न लागिएको हो । विद्यार्थी न्यून भएका आधारभूत विद्यालयमा अवस्था हेरी आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । एउटा कक्षा÷सिफ्ट÷समूहका विद्यार्थी बाहिरिने र अर्को भित्रने समयावधि आधा घण्टा राखी विद्यालय सञ्चालन गरिने उहाँको भनाइ छ । ज्वारो आउने, जिउ दुख्ने जस्ता कोभिडको लक्षण देखिएका विद्यार्थी र शिक्षकको तत्काल एन्टिजेन परीक्षणका लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न महाशाखाले अनुरोध गरेको छ । स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्दै विद्यालय सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो । महानगरमा अहिले सामुदायिक र संस्थागत गरी २२० विद्यालय रहेका छन् ।

    यहाँ ८८ हजार ७६५ विद्यार्थी अध्ययनरत रहेको पौडेलले बताउनुभयो । जिल्लामा रहेका सातवटै पालिकाले विद्यालय सञ्चालनका लागि मापदण्ड तयार गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याप्सन) का अध्यक्ष टीकाराम चापागाईंले विद्यालय सञ्चालनका लागि आवश्यक तयारी थालिएको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत
    गर्मी बढेसँगै मोहीको माग बढ्दो
    संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च होः सभामुख अर्याल
    • कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छ: राष्ट्रपति पौडेल
    • अन्तर्वार्ताः गणतन्त्र सुदृढीकरणका लागि प्रदेशको सबलीकरण आवश्यक छः मुख्यमन्त्री बानियाँ
    • सगरमाथा नेपाल र नेपालीको पहिचानः मुख्यमन्त्री कार्की
    • थोँचेमा पाँच श्ययाको अस्पताल बन्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.