समाज
दाङ, १९ मङ्सिर। दाङका छओटा पालिकामा आजदेखि भेरोसिल खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १८ वर्ष माथिका यसअघि खोप लगाउन छुटेका नागरिकलाई कोरोना भाइरस विरुद्धको भेरोसिल खोप लगाउन सुरु गरिएको हो। जिल्लाको घोराही, लमही, बङ्गलाचुली,...
काठमाडौँ, १९ मङ्सिर। ‘बिइङ ह्युमन’का म्यानेजर हिरोसी खनाल स्रोत नखुलाएको रकमसहित पक्राउ परेका छन् । काठमाडौंको दरबारमार्गस्थित खनालले सञ्चालन गरेको कपडा पसलबाट शुक्रबार साँझ साढे ५ बजे प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार खनाललाई विशेष सूचनाका आधारमा ६९...
भरतपुर १९ मङ्सिर । चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समिति नेपालको चौथो विश्व सम्मेलन तथा आठौं साधारण सभा शनिवार भरतपुरमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका सभापति कृष्णप्रसाद डल्लाकोटीले चितवन सेवा समाज अन्तराष्ट्रिय...
काठमाडौँ, १९ मङ्सिर । मोडल एवं व्यवसायी पूर्ण लम्सालले श्रव्यदृश्यसहितको नयाँ गीति एल्बम ‘चोखो माया’ बजारमा ल्याउनुभएको छ । अमेरिका बसेर कलाकारितामा सक्रिय लम्सालले अभिनय गरेको यो पाँचौँ ‘म्युजिक भिडियो’ हो । मनोरञ्जनात्मक यस गीतमा गायिका रचना रिमाल र गायक...
झापा,१९ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा निर्वाचित भएका राजेन्द्र लिङ्देन पार्टीको स्थापनाकालदेखिकै सदस्य हुन् । विसं २०२२ भदौ २२ गते पाँचथरको अमरपुरमा जन्मिएका उनले २०३६ देखि राजनीति सुरुआत गरेका हुन् । उनले राजनीतिसँगै पढाइलाई निरन्तरता दिँदै राजनीतिशास्त्रमा...
महेन्द्रनगर, १९ मङ्सिर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ बंक नजिक पूर्व–पश्चिम राजमार्गमा भारतीय नम्बरको जीपले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ । आज बिहान वाणीदेखि झलारीतर्फ आइरहेको डिएल १७ सी ४७५४ नं को जीपले ठक्कर दिँदा स्थानीयवासी ६५ वर्षीय तारानाथको...
पर्सा,१९ मङ्सिर । देशकै प्रमुख व्यापारिक नाका वीरगन्ज भन्सार प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो चौमासिको तुलनामा चालु आवको सोही अवधिमा उक्त नाका प्रयोग गरी हुने नेपाली...
इस्लामावाद, १९ मंसिर । पाकिस्तानमा यस वर्ष जबरजस्ती धर्म परिवर्तन गर्ने सम्बन्धी कानुन अस्वीकृत गरिएपछि थप ३८ किशोरी तथा महिलाहरुलाई अपहरण गरेर धर्म परिवर्तन गराइएको भन्दै उजरी परेको जनाइएको छ। पाकिस्तानको संसदीय समितिले गत अक्टोबरमा जबरजस्ती धर्मान्तरणसम्बन्धी कानुनलाई अस्वीकार गरेको...
काठमाडौं,१९ मंसिर । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भू–भागमा मौसम सफा रहने जनाएको छ । महाशाखाका अनुसारहाल बङ्गालको खाडीमा रहेको जवाद नामक चक्रवात कमजोर भई निम्न चापिय प्रणालीको रुपमा रहेको छ । जसका...
बैतडी, १९ मङ्सिर । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि उसले आफ्नो देश प्रवेश गर्ने नाकामा कडाइ गर्न सुरुआत गरेको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाट नाकामा पनि भारतले खोप लगाएको कार्ड र परिचयपत्र अनिवार्य गरेको जिल्ला प्रशासन...













