अन्तराष्ट्रिय समन्वय समितिको विश्व सम्मेलन चितवनमा
न्युजभित्तो/१९ मंसिर २०७८, आईतवार १४:३७
भरतपुर १९ मङ्सिर । चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समिति नेपालको चौथो विश्व सम्मेलन तथा आठौं साधारण सभा शनिवार भरतपुरमा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका सभापति कृष्णप्रसाद डल्लाकोटीले चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समितिले गरेका सामाजिक कार्यहरुप्रति सम्मान व्यक्त गर्दै विदेशमा छरिएर रहेका नेपालीहरुलाई गोलबन्द गर्दै उहाँहरुका ज्ञान र सीपलाई नेपालको विकासमा प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याउँनुभयो ।
चौथो विश्व सम्मेलन तथा आठौं साधारण सभाले आगामी २ वर्षका लागि समिर खत्रीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा दिपक गौतम, उपाध्यक्षहरुमा लाल
बहादुर भट्ट,सीता ढकाल, सचिवमा आइतराम विश्वकर्मा , सहकोषाध्यक्षमा कोषाध्यक्षमा प्रभा शर्मा र सहकोषाध्यक्षमा जयन्ती लामिछाने निर्वाचित हुनुभएको छ ।
यसैगरी सदस्यहरुमा रविलाल भट्ट,सीता अधिकारी,अञ्जु ढकाल, छविलाल शर्मा, मित्रलाल पाण्डे र नन्दलाल पौडेल निर्वाचित हुनुभएको छ भने महासचिवमा पछि मनोनित गरिने निर्वाचन समितिले जानकारी दिएको छ ।
कार्यक्रममा लोक तथा दोहोरी गीत प्रतिष्ठानका संस्थापक केन्द्रीय अध्यक्ष अमर विरही गुरुङ, मन्जुश्री असहाय संरक्षण केन्द्र, संस्थाका महासचिव ईन्द्रप्रसाद न्यौपाने, संस्थाका कार्यसमिति सदस्य दिपक गौतमलाई सम्मान गरिएको थियो ।
चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले आफ्नो कार्यालयमा गरेका गतिबिधिहरुको जानकारी दिंदै कार्यकाल अवधिमा सहयोत गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो ।
कार्यक्रममा चितवनका विभिन्न स्थानमा अध्ययन गरिरहेका ३२ जना विपन्न बालबालिकाहरुलाई नगदसहित ड्रेस र स्टेशनरी सामान प्रदान गरिएको चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समितिका सदस्य सुलभबन्धु पोख्रेलले जानकारी दिनुभयो ।
कार्यक्रमको उद्घाटन समारोहमा प्रवास संयोजक राजकुमार श्रेष्ठ,इजरायलका अध्यक्ष चिरञ्जीवी मिश्र, मन्जुश्री असहाय संरक्षण केन्द्रकी सञ्चालिका मञ्जु खाँडलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सदस्य सुलभबन्धु पोख्रेलले गर्नुभएको थियो ।
चितवनको विकास र सामाजिक भावना, समाजको एकता र समृद्धिको चाहना भन्ने मूल नाराका साथ वि.स. २०६८ सालमा स्थापना भएको संस्थाले शैक्षिक विकास,गरिबी निवारण, प्राकृतिक विपत्तिमा मानवीय सहयोग, चेतना विस्तार लगायतका क्षेत्रमा काम गर्दै आइरहेको छ ।