सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाकिस्तान : जबरजस्ती धर्म परिवर्तन गर्नेविरुद्धको कानुन अस्वीकृत भएपछि ३८ पीडितको उजुरी


  •    न्युजभित्तो/१९ मंसिर २०७८, आईतवार ११:५२ 
  • इस्लामावाद, १९ मंसिर । पाकिस्तानमा यस वर्ष जबरजस्ती धर्म परिवर्तन गर्ने सम्बन्धी कानुन अस्वीकृत गरिएपछि थप ३८ किशोरी तथा महिलाहरुलाई अपहरण गरेर धर्म परिवर्तन गराइएको भन्दै उजरी परेको जनाइएको छ।

    पाकिस्तानको संसदीय समितिले गत अक्टोबरमा जबरजस्ती धर्मान्तरणसम्बन्धी कानुनलाई अस्वीकार गरेको थियो। अल्पसंख्यक समुदायका व्यक्तिहरुले विरोध गर्दागर्दै पनि उक्त कानुन बनाउन अस्वीकार गरिएको भारतीय सञ्चारमाध्यम एएनआईले जनाएको छ।

    अल्पसंख्यक समुदायका व्यक्तिहरुलाई अपहरण गर्ने र जबरजस्ती इस्लाम बनाउने गरिएको छ। मुस्लिम समुदायका सदस्यहरुले नै उक्त कानुन बनाउन हुँदैन भनेर रोक लगाएका हुन्। तर, सरकारले पनि यस विषयमा आफ्नो विशेषाधिकार प्रयोग नगरेको बताइएको छ।

    अल्पसंख्यकहरुको अधिकारका लागि वकलात गर्दै आएका सामाजिक न्याय केन्द्रका निर्देशक पिटर ज्याकबले धार्मिक स्वतन्त्रता र आस्था शिर्षकमा आयोजित एक सम्मेलनका क्रममा पाकिस्तानमा अल्पसंख्यक समुदायहरु त्रासमा रहेको बताएका छन्।

    पाकिस्तानमा यससँगै ईश्वर निदासम्बन्धी कानुन हटाउन माग गरिएको भए पनि त्यसको पनि कुनै सुनुवाई भएको छैन। अल्पसंख्यक समुदायका व्यक्तिहरुलाई यस कानुन अन्र्तगत नियन्त्रण गर्ने र फाँसी दिने गरिएको छ। पाकिस्तानको यस कदमको अन्तर्राष्ट्रिय समुदायले चर्को विरोध गरिरहेका छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.