सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हिमाली तथा पहाडी भू–भागमा हिमपातको सम्भावना


  •    न्युजभित्तो/१९ मंसिर २०७८, आईतवार ११:०२ 
  • काठमाडौं,१९ मंसिर । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भू–भागमा मौसम सफा रहने जनाएको छ ।

    महाशाखाका अनुसारहाल बङ्गालको खाडीमा रहेको जवाद नामक चक्रवात कमजोर भई निम्न चापिय प्रणालीको रुपमा रहेको छ । जसका कारण नेपालको पूर्वी भू–भागमा यसको आंशिक प्रभाव रहने छ ।

    हाल देशको प्रदेश नं। १ तथा अन्य प्रदेशहरूका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जारी गरेको मौसम सम्बन्धी बुलेटिनमा उल्लेख गरिएको छ।

    सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको तीप्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

    सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानहरु तथा लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूर पश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भु–भागको केही स्थानहरू तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भु–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना रहेको छ।

    महाशाखाका अनुसार देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले पर्वतारोहण, हवाई÷यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन आग्रह गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.