चितवन सेरोफेरो

चितवनमा डेङ्गु सङ्क्रमणदर उच्च भए पनि मृत्यु कम
-न्युजभित्तो

नारायणगढ (चितवन), ४ साउन । जिल्लामा गत आर्थिक वर्षमा तीन हजार ८८९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार सो अवधिमा एक हजार ५४८ पुरुष र एक हजार ४७२ महिला गरी तीन हजार २० जना चितवन...

‘नेपालमा स्थानीय सरकार र विकासको मोडल’ विषयमा अमेरिकामा छलफल, मेयर रेग्मीद्वारा विकासमा साझेदार बन्न आव्हान
-न्युजभित्तो

चितवन, ३ साउन । अमेरिकाको वाशिङ्टन डीसी नजिकैको फेयरफ्याक्स शहरमा नेपालमा स्थानीय सरकार र विकासको मोडलबारे अन्तरक्रिया तथा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । गोष्ठीमा कालिका नगरपालिकाका मेयर विनोद रेग्मी प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रमले प्रवासी नेपाली समुदायमा...

चितवनमा पुँजीगत खर्च ७७ प्रतिशत मात्र
-न्युजभित्तो

चितवन, २ साउन । यहाँको विकासका लागि सङ्घीय सरकारले आर्थिक वर्ष २०८१/८२ मा विनियोजन गरेको बजेटमध्ये ७७ दशमलब ८५ प्रतिशत मात्र खर्च भएको छ । पुँजीगत खर्चका लागि रु १० अर्ब चार करोड ९५ लाख ८० हजार ६९१ बजेट...

होली भिजनमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूका लागि अभिमुखीकरण
-न्युजभित्तो

भरतपुर, २ साउन। होली भिजन पब्लिक स्कुल कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम शुक्रबार विद्यालयमा सम्पन्न भएको छ । अभिमुखीकरण कार्यक्रममा उत्प्रेरक जगदिशचन्द्र शर्माले विद्यार्थीहरूले मानसिक सजगता बलियो बनाएर अगाडि बढ्ने हरूले जीवनमा सफलता प्राप्त गर्न सक्ने...

अमेरिकी ज्ञान र प्रविधि कालिकाको विकासमा जोड्न मेयर विनोद रेग्मी उच्चस्तरीय भेटवार्ता र छलफलमा
-न्युजभित्तो

चितवन, १ श्रावण । चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मी अमेरिकी ज्ञान र प्रविधि कालिकाको विकासमा जोड्न यतिबेला अमेरिकामा उच्चस्तरीय भेटघाट र छलफलमा व्यस्त हुनुहुन्छ । गत आर्थिक वर्षको भुक्तानी सिध्याएर नयाँ आर्थिक वर्षको बजेट समेत पारित गरी अमेरिका...

चितवनमा गहुँ र धानको बीउ उत्पाद गर्ने किसानलाई प्रोत्साहन रकम
-न्युजभित्तो

चितवन, १ साउन । जिल्लाका एक हजार २५३ किसानले बीउ उत्पादन गरेबापत प्रोत्साहन रकम प्राप्त गरेका छन् । कृषि बिकास कार्यालय चितवनले जिल्लाका ९ कृषक फर्ममा आबद्ध ती किसानहरुलाई बीउ उत्पादन गरेबापत रु १ करोड ४७ लाख ८० हजार...

भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर ५ वर्षीय बालिकाको मृत्यु
-न्युजभित्तो

चितवन, ३२ असार । भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोही अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी पाँच वर्षीया छोरी अञ्जनाको मृत्यु भएको हो । सोमबार दिउँसो ३ः५०...

आकर्षक पर्यटकीय गन्तव्य बन्दै इच्छाकामनाको जलवीरे झरना
-न्युजभित्तो

भरतपुर, ३१ असार । चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–६ मा अवस्थित जलवीरे झरना हालका वर्षहरूमा चितवनकै चर्चित र आकर्षक पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ । लामो झरना भनेर समेत चिनिने यस झरनाको उचाई झन्डै १०२ मिटर रहेको छ...

चितवनको रत्ननगरमा अट्ठाइस जातका केराको परीक्षण गरिँदै
-न्युजभित्तो

चितवन, ३१ असार । पूर्वी चितवनको रत्ननगरमा २८ जातका केराको जातीय परीक्षण थालिएको छ । रत्ननगर नगरपालिका–१३ स्थित भन्तना केरा अनुसन्धान केन्द्रमा परीक्षण थालिएको हो । केन्द्रका सञ्चालक समृद्ध भन्तनाले १२ बिघा क्षेत्रफलमा केरा लगाएर जातीय परीक्षण तथा विभिन्न...

चितवनको अर्गानिक चुकन्दर अन्तर्राष्ट्रिय बजारमा, सरकारको चासो शून्य
-न्युजभित्तो

चितवन, ३१ असार । गत वैशाखमा भरतपुर महानगरपालिका– १५ का चन्द्रप्रसाद अधिकारीले ३० लाख रुपैयाँको गाँजर र चुकन्दर जर्मनी पठाए । ४ बिघामा गाँजर र चुकन्दर लगाएका अधिकारीले करिब ३०० क्विन्टल गाँजर र ३०० क्विन्टल चुकन्दर जर्मनी पठाएको सुनाए...