सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा भूमिगत विद्युतीकरण ६५ प्रतिशत पूरा


  •    न्युजभित्तो/१० कार्तिक २०८२, आईतवार १५:०५ 
  • चितवन ९ कात्तिक । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरण हालसम्म ६५ प्रतिशत पूरा भएको छ । आगामी चार महिनाभित्र भूमिगत विद्युतीकरण गरिसक्ने उद्देश्यले छठपश्चात् कामलाई तीव्रता दिइएको हो ।
    नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भूमिगत विद्युतीकरण गरिरहेको छ । अहिले ६५ प्रतिशत क्षेत्रमा तार बिछ्याइएको आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीले जानकारी दिनुभयो । यो सकिएसँगै घरमा विद्युत् जोड्ने छौँ । “ठेकेदार कम्पनीले छठलगत्तै तीव्रता दिएमा  भरतपुरतर्फको काम शीघ्र सकिनेछ ।” 
    यहाँको काम ७५ प्रतिशत पूरा भएको जनाउँदै इञ्जिनियर सुवेदीले पाइप जडान, डिभाइस जडान, फाउण्डेसन निर्माणलगायत सकिएको बताउनुभयो । उहाँका अनुसार भरतपुर  र पोखराको काम सक्न समय थपगरी सन् २०२६ जुलाईसम्म पु¥याइएको  छ । तेस्रो पटक असोज अन्तिमसाता समय थप गरिएको जनाउँदै उहाँले पोखरामा विद्युत् भूमिगतको काम ६० प्रतिशत पूरा भएको बताउनुभयो । 
    केन्द्रीय बस ट्रमिनलबाट गोन्द्राङसम्मको सडकमा पहिला ३३ केभिए लाइन मात्रै भूमिगत गर्ने भनिएकामा अहिले थपगरी ११ केभिए र ४०० भोल्टको लाइनलाई भूमिगत गर्न थालिएको आयोजनाका प्रमुख इञ्जिनियर सुवेदीले जानकारी दिनुभयो । 
    पछिल्लो सम्झौताअनुसार भरतपुर महानगरपालिकाभित्र लाइन जडानका लागि भरतपुर महानगरको मुख्य सहरी क्षेत्रमा भूमिगतमार्फत काम गर्दै लगिएको छ । आयोजना प्रमुख इञ्जिनियर सुवेदीका अनुसार महानगरभित्र विद्युतीय तार भूमिगत गर्न रु एक अर्ब ४० करोड लागत अनुमान गरिएको छ । सुरुआती समयमा रु एक अर्ब ३० करोड बजेट बिवनयोजन गरिएको थियो । 
    निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले पाएको थियो । सन् २०२१ अक्टोबरदेखि ठेक्का सम्झौता गरी काम सुरु गरिएको हो । ठेक्का सम्झौताअनुसार पहिलो चरणको समय सन् २०२४ को जनावरी २० मा सकिएसँगै पटकपटक म्याद थप गरेर कामलाई अघि बढाइएको आयोजना कार्यालयले जनाएको छ । एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले उक्त आयोजना अघि बढाएको हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.