सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन राईजद्वारा आयोजित ब्याडमिन्टन प्रतियोगिता शनिबार भरतपुरको कभर्डहलमा


  •    न्युजभित्तो/१ कार्तिक २०८२, शुक्रबार १५:३५ 
  • चितवन, ३१ असोज । लाइन्स क्लब अफ चितवन राईजले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता शनिबार (१ कात्तिक) मा भरतपुरको कभर्डहलमा हुने लागेको छ । शनिबार बिहान ८ बजेदेखि भरतपुर–१० स्थिति कभर्डहलमा प्रतियोगिता हुने भएको हो ।

    क्लबका अध्यक्ष शिरिष पन्तका अनुसार प्रतियोगितामा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ आर अन्तर्गतका क्लबहरु सहभागी हुँदैछन् । प्रतियोगितामा २० भन्दा बढी समूह सहभागी हुने अध्यक्ष पन्तले जानकारी दिनुभयो ।

    प्रतियोगितामा डिष्ट्रिक ३२५ आरभित्रका क्लब र क्लबको सदस्य अनिवार्य हुनु पर्ने व्यवस्था गरिएको छ । यो प्रतियोगिता जित हार मात्र नभई लायन्स क्लव बीचको मित्रता, एकता र आपसी भाइचाराको प्रदर्शन गर्न आयोजना गरिएको उहाँको भनाई छ ।

    प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दोस्रो हुनेलाई २५ हजार, तेस्रो हुने दुई समूहलाई १०–१० हजार नगदका साथमा ट्रफि, मेडल र प्रमाणपत्रको व्यवस्था रहेको छ । सम्पूर्ण लायन्स र खेलप्रेमी सर्वसाधारणहरुलाई प्रतियोगिता अवलोकनका लागि उहाँले आव्हान समेत गर्नुभयो ।

    यो प्रतियोगिताको मुख्य प्रायोजक नेपोभिट टायल रहेको छ । सहप्रायोजकमा सुख भिल्ला, अस्पताल पार्टनमा मौलाकालिका अस्पताल, एजुकेशन पार्टनमा ग्रेस ईन्टरनेशनल एजुकेशन, सहयोगी पार्टनमा जेके सिमेन्ट टायल म्याक्स र ट्रफी पार्टनमा क्राफ्ट बास्केट रहेका छन् ।

    नेपोभिट टायल नेपालको पहिलो टायल उद्योग हो । स्वदेशी लगानी, स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर नेपालमा नै उत्पादन हुने यसले सबै प्रकारका टायल उत्पादन गर्दै आएको कम्पनीका अध्यक्ष मनोज प्रसाद रौनियारले बताउनुभयो । आयात प्रतिथापन गर्दै देशलाई टायलमा आत्मनिर्भर बनाउने कम्पनीको उद्देश्य रहेको उहाँको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.