सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन राईजद्वारा आयोजित ब्याडमिन्टन प्रतियोगितामा चितवन मिड प्वाईन्ट प्रथम


  •    न्युजभित्तो/२ कार्तिक २०८२, शनिबार १७:१० 
  • चितवन, १ कात्तिक । लायन्स क्लब अफ चितवन राईजले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगितामा चितवन मिड प्वाईन्ट विजयी भएको छ । आज (शनिबार) सम्पन्न प्रतियोगितामा कृष्णपुरलाई पछि पार्दै मिड प्वाईन्ट विजयी भएको हो ।

    प्रतियोगितामा लायन्स क्लब अफ चितवन मिड प्वाईन्टका सुवित राना र बलराम बैरागी प्रथम हुनु भएको छ । यसैगरी लायन्स क्लब अफ कृष्णपुरका विधान गुरुङ र डम्बर अधिकारी द्वितीय र लायन्स क्लब अफ चितवन राईजका यमबहादुर गुरुङ र अमर रायमाझी एवं लायन्स क्लब अफ चितवन मिड टाउनका प्रविन थापा र कुशल कँडेल तृतीय हुनु भएको छ । प्रतियोगिताको ग्रेस बेष्ट खेलाडी बलराम बैरागी हुनु भयो ।

    प्रतियोगिताको समापन समारोहमा विजयी खेलाडी तथा क्लबका अध्यक्षहरुलाई ट्रफि र चेक हस्तान्तरण गरिएको थियो । प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दोस्रो हुनेलाई २५ हजार र तेस्रो हुने दुई समूहलाई १५–१५ हजार नगदका साथमा ट्रफि प्रदान गरिएको छ । यसैगरी बेष्ट खेलाडी र विजयी क्लबका अध्यक्षहरुलाई पनि ट्रफी प्रदान गरिएको छ । भरतपुरको कबर्डहलमा भएको प्रतियोगितामा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ आर अन्तर्गतका २० टिम सहभागी भएका थिए ।

    समापन समारोहमा लायन्स क्लब अफ चितवन राईजका अध्यक्ष शिरिष पन्तले धन्यवाद ज्ञापन गर्दै यो कार्यक्रमले हारजित भन्दा पनि मित्रता, एकता र आपसी भाइचारा प्रदर्शन गर्न सहयोग पुगेको बताउनुभयो । उहाँले यस्ता प्रतियोगिता आगामी वर्ष पनि नियमित गर्ने बताउनुभयो । उहाँले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण लायन्स एवं प्रयोजकहरुलाई धन्यवाद दिनुभयो ।

    यस अघि आजै बिहान आयोजित उद्घाटन कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ आरका गभर्नर नवराज सापकोटाले लायन्सहरु खेल मार्फत् शारीरिक तथा मानसिक स्वास्थ्य कायम गर्दै सेवा भावमा लाग्न अघि बढेको बताउनुभयो । उहाँले लायन्सहरु सधैं सेवामा रहने भन्दै खेल मार्फत् समाजलाई सकारात्मक दिसामा लैजानु पर्ने बताउनुभयो ।

    उद्घाटन कार्यक्रममा फस्ट भिडिजि प्रभाकर पण्डित, सेकेण्ड भिडिजि दिपेन्द्र खतिवडा, खेलकुद विकास समिति चितवनका अध्यक्ष राजन कार्की, क्लबका पूर्व अध्यक्ष तिलक रिमाल लगायतले बोल्नु भएको थियो ।

    यो प्रतियोगिताको मुख्य प्रायोजक नेपोभिट टायल रहेको छ । सहप्रायोजकमा सुख भिल्ला, अस्पताल पार्टनमा मौलाकालिका अस्पताल, एजुकेशन पार्टनमा ग्रेस ईन्टरनेशनल एजुकेशन, सहयोगी पार्टनमा जेके सिमेन्ट टायल म्याक्स र ट्रफी पार्टनमा क्राफ्ट बास्केट रहेका थिए ।

    नेपोभिट टायल नेपालको पहिलो टायल उद्योग हो । स्वदेशी लगानी, स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर नेपालमा नै उत्पादन हुने यसले सबै प्रकारका टायल उत्पादन गर्दै आएको कम्पनीका अध्यक्ष मनोज प्रसाद रौनियारले बताउनुभयो । आयात प्रतिथापन गर्दै देशलाई टायलमा आत्मनिर्भर बनाउने कम्पनीको उद्देश्य रहेको उहाँको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.