सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ब्लड डोनर्स सोसाइटीद्वारा देशभर रगत आपूर्तिमा सहजीकरण


  •    न्युजभित्तो/८ कार्तिक २०८२, शुक्रबार १४:४१ 
  • चितवन, ७ कात्तिक । जिल्लाका स्वयंसेवी रक्तदाताले सङ्गठित भएर स्थापना गरेको ब्लड डोनर्स सोसाइटी नेपालले देशभर बिरामी र रक्तदातालाई जोड्ने काम गर्दै आएको छ । सोसाइटीले नियमित र नयाँ रक्तदातालाई उत्प्रेरित गर्दै बिरामीलाई रगतको माग परिपूर्तिमा सहयोग पुर्‍याउँदै आएको छ ।

    सोसाइटीका अध्यक्ष अर्जुन अधिकारीका अनुसार सोसाइटीको शाखा काठमाडौँ, चितवन र झापामा स्थापना गरिएको छ भने अन्य मुख्य सहरहरूमा सोसाइटीका प्रतिनिधिमार्फत रगत आपूर्तिमा सहजीकरण हुँदै आएको छ । उनका अनुसार कास्की, नवलपुर, मकवानपुर, पर्सा, बाँके, रुपन्देहीलगायत जिल्लामा प्रतिनिधि सक्रिय रहेका छन् ।

    सोसाइटीले विशेष प्राथमिकता युवा र नयाँ रक्तदातालाई दिँदै रक्तदानमा उत्प्रेरणा दिइरहेको अध्यक्ष अधिकारीले बताए । उनका अनुसार देशभर नेपाल रेडक्रस सोसाइटीका रक्तसञ्चार केन्द्रहरूले रगत सङ्कलन र वितरणको काम गर्दै आएका छन् भने पछिल्लो समय ठुला अस्पतालहरूले आफ्नै अस्पतालमा रगत सङ्कलन र वितरण गर्दै आएका छन् । ती संस्थामा रगत नपाएर खोज्नुपर्ने अवस्थामा सोसाइटीले सहजीकरण गर्ने गरेको छ ।

    ‘रगतको अभावले कसैको उपचार नरोकियोस् भन्ने उद्देश्यले हामी सधैँ सक्रिय छौँ’, अध्यक्ष अधिकारीले भने । उनका अनुसार सोसाइटीको नेटवर्कमा हाल १० हजारभन्दा बढी रक्तदाता जोडिएका छन् । सामाजिक सञ्जालमार्फत रक्त समूह राखी आह्वान गरेपछि रक्तदाता स्वतःस्फूर्त रूपमा रक्तदानमा सहभागी हुने गरेको उनले जानकारी दिए ।

    क्जष्खबm ऋझभलत
    अधिकारीका अनुसार सोसाइटीले सञ्चालन गरेको एक अभियानमा एकै दिन एक हजार ७०० युनिट रगत सङ्कलन गरिएको थियो, जुन नेपालकै पहिलो रेकर्ड हो । प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार सोसाइटीले बिरामीका लागि रगत आपूर्तिमा सहजीकरण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । ‘सोसाइटीका कारण पछिल्ला दिनमा बिरामीहरूलाई राहत मिलेको छ’, पौडेलले भने ।

    त्यसैगरी चितवन मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले सोसाइटी स्थापना भएपछि रगत अभावका कारण बिरामीको उपचार रोक्नुपर्ने अवस्था नरहेको बताए । उनका अनुसार क्यान्सर उपचारमा धेरै मात्रामा रगत आवश्यक पर्छ र चितवनमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा चितवन मेडिकल कलेजमा क्यान्सरको उपचार हुने भएकाले सोसाइटीको भूमिका महत्त्वपूर्ण बनेको छ ।

    जिल्लामा दैनिक करिब १५० युनिट रगत आवश्यक पर्ने जनाइएको छ । कोरोना महामारीका समयमा रगतको चरम अभाव भएपछि जिल्लाका स्वयंसेवी रक्तदाताले केन्द्रीय तहमा समन्वय गर्दै यो संस्था स्थापना गरेका हुन् ।

    सोसाइटीले सामाजिक सञ्जालको प्रयोगमार्फत युवा र नयाँ रक्तदातालाई रक्तदानमा उत्प्रेरणा दिँदै आएको छ । सामाजिक क्षेत्रमा सक्रिय योगदानका कारण सोसाइटीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानसमेत प्राप्त गरिसकेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
    सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै
    आलेख:‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’
    • घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
    • मातातीर्थमा मातृभक्तको भीड
    • मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त
    • मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.