चितवन सेरोफेरो

एक वर्ष यही मन्त्रिपरिषद् जान्छः मन्त्री पाण्डे
-न्युजभित्तो

चितवन, ६ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले तत्काल मन्त्रिपरिषद् हेरफेरको कुरा नभएको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उहाँले अहिले मन्त्री हेरफेरको कुरा नभई कामलाई प्रभावकारी रुपमा अघि बढाउने कुरा भएको बताउनुभयो । उहाँले...

सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
-न्युजभित्तो

चितवन, ६ साउन । सवारीसधानको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–११ का ३१ वर्षीय राम अवतार रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार गएराति खैरहनी नगरपालिका–१ शाहीचोकमा पूर्वबाट पश्चिमतर्फ...

अण्डा उत्पादन घट्यो , मूल्य बढ्यो
-न्युजभित्तो

चितवन, ६ साउन । अण्डाको मूल्य हालसम्मको उच्च भएको छ । उत्पादन घटेपछि मूल्य बढेको हो । यससँगै किसानले अण्डाको लागत मूल्य पाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले विभिन्न फार्महरूले सार्वजनिक गरेको दररेटलाई आधार मानी समर्थन मूल्य तोकेको छ...

भदौदेखि देवघाटमा विद्युतीय शवदाह सञ्चालनमा आउने
-न्युजभित्तो

चितवन, ५ साउन । पवित्र धार्मिक तीर्थस्थल देवघाटमा सात वर्षअघि निर्माण थालिएको विद्युतीय शवदाह भवनको निर्माण कार्य सम्पन्न भएको छ । विद्युत् र मेसिन जडानसँगै आगामी भदौदेखि शवदाह पूर्ण रूपमा सञ्चालनमा आउने भएको हो । विक्रम संवत् २०७५ माघ ३...

कारागारबाट छुट्ने भन्दा थपिने बढी
-न्युजभित्तो

चितवन, ५ साउन । कारागार कार्यालय चितवनबाट एक वर्षमा छुटेर जानेभन्दा थपिनेको सङ्ख्या बढेको छ । विभिन्न मुद्दामा फैसला हुन बाँकी भएर वा फैसला भएर आएका कैदी एवं बन्दीको सङ्ख्या छुटेर जानेकोभन्दा धेरै रहेको पाइएको हो । कार्यालयका सूचना अधिकारी...

भरतपुर आँखा अस्पतालमा तीन लाख बढीले सेवा लिए
-न्युजभित्तो

चितवन, ५ साउन । भरतपुर आँखा अस्पतालमा गत आर्थिक वर्ष २०८१/८२ मा तीन लाख २० हजार ६४८ जनाले सेवा लिएका छन् । जसमध्ये ११ हजार ३४९ जनाको शल्यक्रिया गरिएको हो । तिनीहरूमध्ये चार हजार १३५ जनाको ‘फेको’ (मेसिन) प्रविधिबाट...

नारायणगढको पार्किङ समस्या व्यवस्थापन गर्दै महानगर
-न्युजभित्तो

नारायणगढ (चितवन), ५ साउन । भरतपुर महानगरपालिकाअन्तर्गत मुख्य बजार क्षेत्र नारायणगढलगायत विभिन्न स्थानमा पार्किङ समस्या बढेपछि महानगरपालिका यसको व्यवस्थापनमा जुटेको छ । मुख्य बजारमा ६ लेनको सडक विस्तार भएपछि सडक सहज भए पनि पार्किङ अव्यवस्थित हुँदा समस्या बढेको छ ।...

चितवन निकुञ्ज घुम्ने पर्यटक घटे,गत वर्षको तुलनामा झण्डै २५ प्रतिशतले कमि
-न्युजभित्तो

भरतपुर (चितवन), ५ साउन । चितवन राष्ट्रिय निकुञ्जमा घुम्ने पर्यटकको सङ्ख्या घटेको छ । गत वर्षको तुलनामा झण्डै २५ प्रतिशत पर्यटक घटेको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आर्थिक वर्ष २०८०/८१ को...

देवघाटमा स्नान गर्ने भक्तजनको घुइँचो
-न्युजभित्तो

भरतपुर, ५ साउन । साउनको प्रत्येक सोमबार लाग्ने बोलबम मेला पवित्र तीर्थस्थल देवघाटधालगायत चितवनका शिवालयहरुमा बिहानैदेखि सुरु भएको छ । मुख्यगरी आजको दिनमा व्रत बसेर श्रद्धालु भक्तजनहरुले स्नान गरी पवित्र जल र बेलपत्र चढाइ शिवको आराधना गरेर मनाउँछन् । धार्मिक...

भरतपुर अस्पतालमा दैनिक १० देखि १२ सर्पदंशका बिरामी उपचार गर्न आउने
-न्युजभित्तो

चितवन, ५ साउन । यहाँको भरतपुर अस्पतालमा विगत तीन महिनामा दुई सय ९१ जना सर्पदंशका बिरामीको उपचार गरिएको छ । वर्षा सुरु भएसँगै यस अस्पतालमा सर्पदंशका बिरामीको सङ्ख्या बढेको हो । अस्पतालका आकस्मिक कक्ष प्रमुख अलाउद्दिन मियाँका अनुसार अस्पतालले गत...