चितवन सेरोफेरो

भरतपुरका सहरी क्षेत्रमा स्मार्ट शौचालय निर्माण अभियान सञ्चालन
-न्युजभित्तो

चितवन, १२ मङ्सिर । भरतपुर महानगरपालिकाले सहरी क्षेत्रमा स्मार्ट शौचालय निर्माण अभियान सञ्चालन गर्न थालेको छ । दुई ठाउँमा आधुनिक स्मार्ट शौचालय निर्माण अन्तिम चरणमा पुगेको छ । अन्य दुई स्थानमा यसअघि सञ्चालनमा आइसकेका छन् । भरतपुर महानगरपालिकाका डिभिजनल इञ्जिनियर...

हिंसापीडितको उद्धार र संरक्षणमा लागेको आदर्श गृहले भरतपुरमा आफ्नै भवन बनाउँदै
-न्युजभित्तो

चितवन, १२ मङ्सिर । मानव सेवामा क्रियाशील आदर्श गृह नेपालले आफ्नै भवन बनाउन सुरु गरेको छ । हालसम्म एक हजार २२४ जनाको उद्धार तथा संरक्षण गरेको उक्त संस्थाले भरतपुर महानगरपालिका-१५ विश्व प्रकाश टोलमा रहेको आफ्नै जग्गामा भवनको बनाउन लागेको...

एनपिएल क्रिकेटः चितवन टस जितेर बलिङमा
-न्युजभित्तो

काठमाडौँ, १२ मङ्सिर । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको पहिलो खेलमा चितवन राइनोज र काठमाडौँ गोर्खाज भिड्दैछन् । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा चितवनले टस जितेर बलिङ रोजेको छ । कुशल मल्लको कप्तानीमा रहेको चितवन...

चितवनमा वार्षिक चार हजार १९२ टन मह उत्पादन
-न्युजभित्तो

नारायणगढ (चितवन), ११ मङ्सिर । नेपाल मौरीपालक महासङ्घले देशभर व्यवसायिक रूपमा पालिएका मेलिफेरा मौरीको संख्या र मह उत्पादनको तथ्याङ्क सार्वजनिक गरेको छ । महासङ्घका अनुसार हाल दुई हजार १७५ व्यवसायिक कृषकले एक लाख १५ हजार १८३ गोला मौरी पाल्दै...

चितवनलाई चिनाउँदै ‘चितवन राईनोज’
-न्युजभित्तो

चितवन, ११ मङ्सिर । पर्यापर्यटनको क्षेत्रमा विश्वलाई चिनाएको चितवन राष्ट्रिय निकुञ्जको एक सिङ्गे गैँडा अहिले क्रिकेटको माध्यमबाट पनि चर्चामा छ । त्यही गैँडाको नामबाट स्थापित क्रिकेट क्लब ‘चितवन राईनोज’ ले खेलमार्फत् चितवन र एक सिङ्गे गैँडालाई विश्वसामु चिनाइरहेको छ...

चितवनको कयरखोलमा पक्की पुल निर्माण हुँदै
-न्युजभित्तो

नारायणगढ (चितवन), ११ मंसिर । कालिका नगरपालिका–१० सिद्धि तिनदोभानस्थित कयर खोलामा पक्की पुल निर्माण सुरु भएको छ । बुधबार एक विशेष समारोहबीच नगरप्रमुख विनोद रेग्मीले पुलको शिलान्यास गर्नुभयो । पुलका निम्ति रु चार करोड ३८ लाख ६७ हजार ८५५ विनियोजन...

गतवर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि थालिने
-न्युजभित्तो

चितवन, १० मङ्सिर । आगामी पुस १ गतेदेखि बाघ गणना थालिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो । तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो । हरेक चार–चार वर्षमा...

मालपोत चोकमा बुलेट–मोटरसाइकल दुर्घटना, १८ वर्षीया युवतीको मृत्यु
-न्युजभित्तो

चितवन, ९ मङ्सिर । भारतीय ग्यास बुलेटको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको मध्य नेपाल नगरपालिका वडा नम्बर ३ की १८ बर्षिया राईना श्रेष्ठ रहेकी छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालका...

चितवनमा दुर्घटनामा वृद्धि: गत साउनदेखि कात्तिकसम्म २९ जनाले ज्यान गुमाए
-न्युजभित्तो

चितवन, ९ मङ्सिर । गत चार महिनामा जिल्लामा भएका सवारी दुर्घटनामा २९ जनाले ज्यान गुमाएका छन् । यसमध्ये २१ पुरुष छ जना महिला र बालबालिका दुई जना रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार...

चितवनमा थपिए २२ हजार मतदाता
-न्युजभित्तो

चितवन, ८ मङ्सिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चितवनमा २२ हजार ३३८ मतदाता थपिएका छन् । बायोम्याट्रीकबाट ११ हजार ९० र राष्ट्रिय परिचयपत्रमार्फत ११ हजार २४८ मतदाता थपिएका हुन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमशेन...