सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निर्वाचनको चहलपहलले बढायो अण्डाको मूल्य


  •    न्युजभित्तो/११ फाल्गुन २०८२, सोमबार ११:४५ 
  • चितवन, ११ फागुन । देशभर निर्वाचनको चहलपहलसँगै अण्डाको मूल्य बृद्धि भएको छ । उत्पादन कम र माग बढेपछि मूल्य बढेको हो ।

    नेपाल लेयर्स कुखुरा पालक संघले सोमबारदेखि लागू हुने गरी जारी गरेको समर्थन मूल्य अनुसार ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) रु. ४७५ र मिडियम रु. ४२५ कायम गरिएको छ । यस अघि फागुन ६ गतेबाट लागू हुने गरी ठूलो अण्डा रु.४२५ र मिडियम रु. ३७५ रहेको थियो ।

    गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च भएको थियो । तत्कालीन समयमा फार्ममा ठूलो अण्डा रु. पाँच सय ६५ प्रतिक्रेटमा बिक्री भएको थियो । मझौलाको रेट रु पाँच सय ५० थियो । संघका अध्यक्ष विनोद पोखरेलका अनुसार निर्वाचनको माहौलसँगै अण्डाको माग बढेपछि मूल्य बढ्न थालेको बताउनुभयो । अण्डाको मूल्य घटेको समयमा किसानहरुले बुढा कुखुरा बिक्री गरेपछि कुखुराको संख्या समेत घट्दा उत्पादन घटेर पनि मूल्य बढेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “किसानले धेरै नोक्सान व्यहोरेका छन्, अब क्रमशः लागत मूल्यमाथि अण्डाको मूल्य पुग्नु पर्छ ।”

    संघका सचिव मदन पोखरेलले अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा रु. १९.१२ पर्न आउने बताउनुभयो । यसलाई हिसाब गर्दा किसानको लागत मूल्य प्रतिक्रेट रु. पाँच सय ७४.६ पर्न आउँछ ।

    संघले देशभरका फर्महरुको मूल्य लिएर चितवनलाई आधार मानेर अण्डाको समर्थन मूल्य तोक्ने गर्दछ । संघका सचिव पोखरेलले मूल्य बढ्दा सरकारी निकायको ध्यानाकर्षण हुने भएपनि घट्दा चासो नहुने भन्दै किसान जोगाउनका लागि सरकारी निकायको सहयोग आवश्यक रहेको बताउनुभयो । भारतीय अण्डा नियन्त्रण हुन सकेमा नेपाली अण्डाले बजार पाउने उहाँको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.