सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एभोकाडोमा खटिराजन्य रोगको समस्या


  •    न्युजभित्तो/११ फाल्गुन २०८२, सोमबार १२:११ 
  • चितवन, ११ फागुन । जिल्लामा लगाइएको एभोकाडोमा क्याङ्कर (खटिराजन्य) रोगको समस्या देखिएको छ । जिल्लाको पूर्वी र पश्चिम क्षेत्रमा लगाइएको एभोकाडोको बगैँचामा यो रोगको समस्या देखिएको हो । कृषि विकास कार्यालय चितवनकी बागवानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार ढुसीजन्य कारणले यो रोगको सङ्क्रमण देखिएको हो । उहाँले भन्नुभयो “अहिले यो रोगको समस्या देखिएको छ । हामीले परीक्षणका लागि पठाएका छौँ ।”

    उहाँले भन्नुभयो “चितवनमा पहिलो पटक यो रोगको समस्या देखिएको हो ।” यो रोग ‘फाइटोप थेरा मेनेङ्गी’ नामक जीवाणुका कारण लाग्ने गर्दछ । माटो र पानीबाट जीवाणु सर्ने गर्दछन् ।

    उहाँका अनुसार यो रोग लागेको बोटमा हाँगा मर्न लागेको जस्तो देखिने, पछि बुटै मर्ने जस्तो समस्या आउने गर्दछ । बगैँचामा सिँचाइ गर्दा सिधैँ बोटमा पुग्ने गरी सिँचाइ नगर्न, बोटमा घाउँ खटिरा देखिएमा बोडोपेष्ट लगाउन उहाँले सुझाव दिनुभयो । बागवानी विकास अधिकृत चौहानले भन्नुभयो “बगैँचा सरसफाइमा ध्यान दिने, घाउचोट कम लगाउने, सिँचाइमा ध्यान दिने जस्ता कार्य गर्न सके यो रोगबाट बगैँचालाई जोगाउन सकिने छ ।” रोग देखिएमा ढुसिनासक औषधिको प्रयोग गर्न उहाँले सुझाव दिनुभयो ।

    जिल्लामा अहिले ६ दशमलब ५ हेक्टर क्षेत्रफलमा एभोगाडो खेती गरिँदै आइएको छ । उहाँका अनुसार सो क्षेत्रफलमा ५१ मेट्रिकटन एभोगाडो उत्पादन हुँदै आएको उहाँले जानकारी दिनुभयो । विगत केही वर्षदेखि चितवनमा यो खेती हुन थालेको हो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल
    • ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.