सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देवघाटमा देखियो घडियाल गोही


  •    न्युजभित्तो/२० फाल्गुन २०८२, बुधबार १५:१८ 
  • चितवन, २० फागुन । गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ । केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि पछिल्ला वर्षमा दुर्लभ रूपमा देखिने गरेको थियो । मलामी जाने क्रममा स्थानीय उपेन्द्र पण्डितले देवघाटको गैँडाकोटतर्फको बगरमा घाम तापिरहेको घडियाल गोही देखेपछि पत्रकार रमेशकुमार पौडेललाई जानकारी दिनुभयो । मलामी गएका धेरैले गोही देखेका उहाँको भनाइ छ ।

    पत्रकार पौडेलले केहीदिन अघि स्थानीय बोटेले नदी बगरमा गोही देखेको बताउनुभयो । “चितवन राष्ट्रिय निकुञ्जका पूर्वसहायक संरक्षण अधिकृत स्वर्गीय वेदबहादुर खड्काले निकुञ्जमा कार्यरत रहँदा देवघाट नजिकको नारायणी र कालीगण्डकी किनार घडियाल गोहीका लागि उपयुक्त बासस्थान रहेको बताउनुभएको थियो । प्रदुषण बढ्दै गएपछि यो क्षेत्रमा घडियाल गोही देख्न छाडिएको उहाँले बताउनुहुन्थ्यो”, उहाँले भन्नुभयो । 

    निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी अविनास थापा मगरले घडियाल गोही बगेको सफा पानीमा बस्ने, माछा खाने प्राणीका रूपमा रहेको बताउनुभयो । नदी र खोलामा भएको प्रदूषण, मानवीय अतिक्रमण र माछाको कमीले घडियाल हराउँदै गएका उहाँको बुझाइ छ । 

    स्थानीय बोटे समुदायका अनुसार देवघाट र वरपरको क्षेत्रमा करिब ३५ वर्षयतादेखि घडियाल गोही देखिन छोडेको थियो । निकुञ्जका सूचना अधिकारी मगरले भन्नुभयो, “यहाँका ज्येष्ठ नागरिकका भनाइअनुसार झण्डै ३५ वर्षयतादेखि देवघाट क्षेत्रमा घडियाल देखिएको थिएन । अहिले देखिएको गोही यहाँको रैथाने हो वा अन्यत्रबाट आएको हो अध्ययन गर्नुपर्ने छ ।”

    घडियाल संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जको कसरामा प्रजनन केन्द्र रहेको छ । जहाँ राप्ती र नारायणी नदी किनारमा जोखिममा रहेका गुँडबाट अण्डा सङ्कलन गरी यहाँ ल्याएर बच्चा हुर्काउने गरिन्छ । हुर्किएका बच्चालाई पुनः नदीहरूमा छाड्ने गरिएको छ । विगतमा कालीगण्डकीमा समेत हुर्किएका घडियाल गोही छाडिँदै आउने भए पनि संरक्षण हुन नसकेपछि निकुञ्ज आसपासका राप्ती र नारायणी नदीमा मात्रै छोड्ने गरिएको थापा मगरले बताउनुभयो ।  

    पछिल्लो पटक गत पुसमा सार्वजनिक भएको गणना अनुसार राप्तीमा २३१ र नारायणीमा १३५ घडियाल गोही फेला परेका छन् । देवघाट क्षेत्रमा गोही नदेखिने भएकाले पछिल्ला वर्षहरूमा गणना हुन छाडेको मगरले बताउनुभयो । देवघाटमा गोही देखिनुलाई महत्वका साथ हेरिएको भन्दै उहाँले यसबारे थप अध्ययन गरिने जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल
    • ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.