सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मेरो जीत सुनिश्चित भईसकेको छः रेनु दाहाल


  •    न्युजभित्तो/१८ फाल्गुन २०८२, सोमबार २२:०० 
  • चितवन, १८ फागुन । चितवन क्षेत्र नं. ३ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेदवार रेनु दाहालले आफ्नो जीत सुनिश्चित भईसकेको बताउनु भएको छ । आज साँझ पत्रकार सम्मेलन गर्दै उहाँले आफ्नो जीत सुनिश्चित भएको बताउनु भएको हो ।

    क्षेत्रभित्रका सबै मतदाताको घरदैलोमा पुगेर फर्किएपछि आफ्नो जीत सुनिश्चित भएको पाएको उहाँको भनाई छ । उहाँले भन्नुभयो “मेरो जीत सुनिश्चित भईसकेको छ, मतको फरक कति हुन्छ भन्ने एकिन भन्न सकिन्न ।” आफू जनतामाझ जाँदा कसैलाई परिचय दिनु नपरेको चर्चा गर्दै उहाँले भन्नुभयो “मैले गरेका कामको फेहरिस्ता जनताबाट सुन्न पाएँ, अत्यन्तै खुशी लागेको छ ।” भरतपुर महानगरमा आफूले गरेको कामले नै आफूलाई चिनाएको भन्दै दाहालले विकास, सुशासन र समृद्धि गरेर देखाएका कारण मतदाताले आफूलाई जिताउने उहाँको विश्वास छ ।

    भरतपुर विकास मोडल राष्ट्रिय रुपमा लागू गर्न आफ्नो उम्मेदवारी रहेको भन्दै उहाँले मतदाताको उत्साह देख्दा आफू भारी मतका साथ विजयी हुने बताउनुभयो । उहाँले थप्नुभयो “मतदाता सामु पुग्दा अपार माया, सद्भाव र विश्वास पाएकी छु, त्यो मतमा परिणत हुनेमा ढुक्क छु ।”

    उहाँले अगाडि थप्नुभयो “भरतपुर महानगरपालिकामा दुई कार्यकाल काम गर्दा जनताको मन मुटुमा बस्न सकेकी रहिछु भन्ने कुराले मलाई निकै खुशी तुल्याएको छ ।” मत माग्न जाँदा कहिकतैबाट पनि नकारात्मक टिप्पणी सुन्न नपरेको भन्दै उहाँले भन्नुभयो “बृद्धबृद्धादेखि बालबालिकासम्मले मैले गरेका कामबारे जानकार हुनुहुँदो रहेछ, यसमा म निकै खुशी छु ।”

    भरतपुर महानगरमा भएका भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि लगायत समग्र क्षेत्रको विकासले नै आफूलाई यस क्षेत्रमा राम्रोसँग परिचित गराएको भन्दै उहाँले धेरै मतदाताले गरेर देखाउने व्यक्तिका रुपमा आफूलाई चिनाएको बताउनुभयो । दुई कार्यकाल स्थानीय तहमा काम गरेर संघीय संसदमा पहिलो पटक जान लागेको भन्दै उहाँले भन्नुभयो “म सांसद पदका लागि नयाँ हो, यहाँ नयाँ हुँ भन्नेहरु यस अघि नै परीक्षण भईसकेका पुराना हुनु ।”

    विदेशमा रहेका नेपालीहरुले पनि आफ्नो चर्चा गर्ने गरेको बताउँदै उहाँले विदेशबाट समेत जीतको शुभकामना आईरहेको बताउनुभयो । उहाँले भन्नुभयो “धेरैले मलाई ‘तपाई भोट माग्न जानै पर्दैन, कामले नै भोट मागिरहेको छ’ भन्ने गर्नुभएको छ ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न आग्रह
    आलेख: आर्थिक समृद्धिको नयाँ आधार बन्दै वन
    महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह
    • चितवनमा एक वर्षमा २७४ जनामा डेङ्गु
    • बुकीपाटनमा प्लास्टिकजन्य फोहर व्यवस्थापनको चुनौती
    • जग्गा र घर पाएपछि सुकुम्वासी समस्या समाधान
    • धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.