सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सांसद ढकालद्वारा कृषि अनुदानमा चरम भ्रष्टाचार भएको भन्दै छानबिनको माग


  •    न्युजभित्तो/३ फाल्गुन २०७९, बुधबार १५:४० 
  • चितवन,३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले कृषि अनुदान वितरणमा चरम भ्रष्टाचार हुने गरेको भन्दै भष्टाचार बिरुद्ध सोही विषयबाट छानबिन अगाडि बढाउनुपर्ने बताएका छन् ।

    बुधवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद ढकालले किसानका मल बीउका समस्याहरूका प्रत्येक बैठकमा सांसदहरूले उठाए पनि त्यसको सुनुवाइ नभएको बताए । उनले वास्तविक किसानले सुविधा नपाएको बताउँदै भने– ‘झोलामा गाई पाल्ने, झोलामा खेती लगाउने ती झोले किसानहरूलाई त्यही संरचनाबाट झोलामै अनुदान हालिदिएको छ, अनुदानको व्यापक दुरुपयोग भएको छ, भ्रष्टाचार भएको छ । सबभन्दा पहिला भष्टाचारको छानबिन गर्ने हो भने कृषि अनुदान दुरुपयोगबाट सुरु गरौँ ।’

    सांसद ढकालले जो किसानले काठमाडौँका बच्चाहरूका दूध पठाउँछन् ती किसानका अनुदान पनि नछोड्नेहरू पापी भएको सांसद ढकालको टिप्पणी थियो । विभिन्न अनुदानको कुरा गर्दा, नीति र थिति बसाल्ने कुरा गर्दा एक द्वार प्रणालीबाट वडा मै अनुदान पठाइदिए हुँदैन कृषि अनुदान ? भन्दै प्रश्न गरे ।

    उनले भने– ‘वडामा पठाए त तल्लो घरकोले खेती गरेको छ कि छैन, माथ्ला घरेले गाई पालेको छ कि छैन सबै थाहा हुन्छ अनुगमन नै गर्नुपर्दैन । अब कृषि अनुदान वडाबाटै वितरण गर्ने नीति बनाऊँ र पालिकामा नै अनुदान पठाउने व्यवस्था गरौँ । खरिद ऐन संशोधन गरौँ, मल खरिद गर्नका लागि मल खरिद गर्ने स्वायत्त अधिकार पालिकालाई दिऔँ ।’ उनले किसानका समस्या समाधानका लागि काम गर्न कृषि मन्त्रीलाई ध्यानाकर्षण गराए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.