सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकार आचार्यमाथिको दुरव्यवहारको महासंघ चितवनद्वारा निन्दा


  •    न्युजभित्तो/२ फाल्गुन २०७९, मंगलवार १९:२९ 
  • चितवन, २ फागुन । पत्रकार हिरालाल आचार्यलाई समाचार संकलनको क्रममा गैंडाकोट नगरपालिकाका प्रमुख भदनभक्त अधिकारीबाट भएको दुव्र्यवहारको पत्रकार महासंघ चितवनले निन्दा गरेको छ । महासंघका सचिव दीपेन्द्र अधिकारीले आज एक विज्ञप्ति प्रकाशित गरी नगरप्रमुखको प्रतिक्रिया लिने क्रममा दुव्र्यवहार हुनु दुःखद् भएको उल्लेख गरिएको हो ।

    जारी विज्ञप्तिमा भनिएको छ “फागुन २ गते नेपाल पत्रकार महासंघ चितवनका सदस्य तथा ग्लोक्सी फोर के टेलिभिजनका चितवन संवाददाता हिरालाल आचार्यलाई सूचना संकलनको क्रममा गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीबाट उहाँकै कार्यक्षमा दुव्र्यवहार भएको घटनामा महासंघ चितवन शाखा निन्दा व्यक्त गर्दछ ।”

    विज्ञप्तिमा नगरपालिकामा भईरहेको कामबारे जनगुनासो आएपछि सूचना लिन पुगेका पत्रकार आचार्यमाथि नगरप्रमुखको प्रतिक्रिया लिने क्रममा दुव्र्यवहार हुनु दुःखद विषय भएको जनाईएको छ ।

    विज्ञप्तिमा अगाडि भनिएको छ “स्वतन्त्रतरुपमा पत्रकारिता गर्ने वातावरण बनाउन र शान्ति सुरक्षाको प्रत्याभूतिका लागि हामी स्थानीय प्रशासनसँग माग गर्दछौं ।” सम्पूर्ण पत्रकारको पेशागत सुरक्षा र भयरहित वातावरण्यामा काम गर्न पाउने संविधानप्रदत्त अधिकारको सुनिश्चितता गर्न महासंघले जोडदार माग गरेको छ ।

    पत्रकार आचार्य आज गैंडाकोट नगरपालिकाका प्रमुख अधिकारीको प्रतिक्रिया लिंन जाँदा उहाँमाथि दुव्र्यवहार भएको पत्रकार आचार्यले न्यूजभित्तोलाई बताउनुभयो । उहाँले नारायणी नदी किनारमा फोहोर फ्याक्ने र सोही ठाउँबाट नदीजन्य पदार्थ संकलन गर्ने कार्य भईरहेको बारेमा रिपोर्टङ गर्न आफू त्यहाँ गएको बताउनुभयो ।

     

    हेर्नुहोस् महासंघ चितवनले जारी गरेको विज्ञप्ति

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.