चितवन सेरोफेरो

कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य
-न्युजभित्तो

चितवन, ६ चैत । ह्याचरीबाट उत्पादित कुखुराका चल्लाले दुई वर्षपछि लागत मूल्य पाएका छन् । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार हाल ब्रोइलर चल्ला प्रतिवटा रु ९० र लेयर्सको रु १६० मा बिक्री हुन थालेका छन्...

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो
-न्युजभित्तो

चितवन, ६ चैत । गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढेको छ । चालु आर्थिक वर्षको ११ महिनामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनहरुमा घुम्न आउने पर्यटकको सङ्ख्या १२ हजार ४१२ ले बढेको हो । गत आर्थिक...

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान
-न्युजभित्तो

चितवन, ५ चैत । जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले रक्तदानका कार्यक्रम गरिदिन अपिल जारी गरेको छ । शाखाका सभापति हरिप्रसाद पौडेलद्वारा जारी अपिलमा जिल्लाका अस्पतालमा उपचारार्थ आएका बिरामीहरुको उपचारका लागि समेत रगतको...

दुई सय पाँच गोही नदीमा छाडियो
-न्युजभित्तो

चितवन, ५ चैत । चितवन राष्टिय निकुञ्जमा हुर्काइएका घडियाल गोहीमध्ये २५० गोहीलाई राप्ती नदीमा छाडिएको छ । चालु आर्थिक वर्षमा राप्ती नदीका विभिन्न स्थानमा ती गोही छाडिएका हुन् ।  गत आर्थिक वर्षमा गोही प्रजनन केन्द्रमा हुर्काइएका १३३ गोही नदीमा छाडिएका...

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा
-न्युजभित्तो

चितवन, ४ चैत । नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक डिभिजन कार्यालय भरतपुरले गरेको अध्ययन अनुसार आठ ठाउँ उच्च जोखिममा, २२ ठाउँ जोखिममा र १३ ठाउँ सामान्य जोखिमको अवस्थामा रहेका छन् । कार्यालयले गरेको अध्ययनअनुसार उच्च...

डढेलो नियन्त्रण गर्न स्वयंसेवक
-न्युजभित्तो

चितवन, ४ चैत । डिभिजन वन कार्यालयले डढेलो नियन्त्रण गर्न स्वयंसेवक नियुक्त गरेको छ । चितवन डिभिजन वन कार्यालयले हालै छ जनालाई स्वयंसेवक नियुक्त गरी काममा खटाएको हो । उक्त कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार स्वयंसेवकले सशस्त्र वन रक्षकहरूसँगको...

‘अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे
-न्युजभित्तो

चितवन, ३ चैत । अफ्रिकन स्वाइन फिभरका कारण जिल्लामा १२० वटा बङ्गुर मरेका छन् । इच्छाकामना गाउँपालिकास्थित दुईवटा फार्म र भरतपुर महानगरपालिकाको एउटा फार्मका बङ्गुर मरेका हुन् । भरतपुर महानगरपालिकाको थप एउटा फार्ममा समेत फिभरको लक्षण देखिएपछि नमूना सङ्कलन गरी...

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण
-न्युजभित्तो

चितवन, २ चैत । यहाँको माडी नगरपालिकाले पालिकाभित्र रहेको जमिनको वर्गीकरण गरेको छ । स्थानीय भू–उपयोग परिषद् माडी नगरपालिकाले यहाँको जमिनलाई ७ भागमा वर्गीकरण गरेको छ । भू उपयोग ऐन २०७६ र नियमावली २०७९ अनुसार जमिनको वर्गीकरण गरिएको हो ।...

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त
-न्युजभित्तो

चितवन, १ चैत । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा शनिशार भएको माइक्रोबस दुर्घटनाका घाइतेको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचार भइरहेको छ । दुर्घटनाका नौ जना घाइतेलाई गए रातिनै यहाँ ल्याइएको थियो । अस्पतालका चिकित्सक डा...

निकुञ्जमा पोखरी निर्माण र मर्मत सुरु
-न्युजभित्तो

चितवन, २९ फागुन । चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र पोखरी निर्माण र मर्मत सुरु गरेको छ । हरेक वर्ष गर्मी याममा वन्यजन्तुका लागि पोखरी निर्माण र मर्मत गरिन्छ ।   निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार जनावरलाई खान, जलमा बस्ने जनावरका...