सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा


  •    न्युजभित्तो/३० असार २०८३, मंगलवार १६:४१ 
  • चितवन, ३० असार । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि यातायात सञ्चालन भएका छन् ।

    सोमबार दिउँसोबाट सुरु भएको वर्षात्का कारण साँझ ७ः०० बजेबाट खस्न थालेको पहिरो बिहानसम्म जारी थियो । ती सबै स्थानमा खसेको पहिरो बिहान हटाइएपछि दुईतर्फी सवारी सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरे जानकारी दिनुभयो । सडकमा खसेको पहिरो पन्छाउन राति नै दुईवटा लोडरसहितका उपकरण प्रयोग गरिएको थियो ।

    इन्जिनियर अर्जुन घिमिरेका अनुसार सो सडकखण्डको भतेरी, खोरखोला, १५ किलो, ११ किलो, १६ किलो, १९ किलो, सेतीदोभानका दुई ठाउँ, घुमाउने, सिमलतालका दुई ठाउँ, २५ किलो, जलविरे, नाम्सी खोला र तुइन खोलामा पहिरोबाट सडक अवरुद्ध भएको थियो । त्यसमध्ये सेतीदोभान पूर्ण रूपमा सडक दुईतर्फी तथा अन्य ठाउँमा एकतर्फी अवरुद्ध थियो ।

    राति १ः०० बजेसम्ममा गाडी सञ्चालन गर्न सक्नेगरी पहिरो हटाइए पनि केही ठाउँमा पहिरो खसेको र खस्ने जोखिम भएकाले बिहानसम्म पर्खनुपरेको थियो । सो सडकखण्डमा जुनसुकै बेला पहिरो खस्न सक्ने भएकाले रातिको समयमा सकेसम्म यात्रा नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जरिवाना गरेबापत अतिरिक्त सुविधा प्राप्त गर्ने कानुनी व्यवस्था छैनः नेपाल प्रहरी
    चितवनको पुँजीगत खर्च ५८ प्रतिशत
    पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
    • अग्नि नियन्त्रक र नगर प्रहरीलाई विपद् व्यवस्थापन तालिम
    • अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै
    • हेटौँडामा मठमन्दिरको तथ्याङ्क अद्यावधिक गरिँदै
    • सांसदद्वारा सुकुमवासीका समस्या समाधान गर्न माग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.