सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अझै सकिएन ध्रुवे हात्तीलाई डार्ट गर्न


  •    न्युजभित्तो/२६ असार २०८३, शुक्रबार १३:१९ 
  • चितवन, २६ असार । ध्रुवे हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काट्ने तयारी गरिएको भए पनि हालसम्म डार्ट गर्न सकिएको छैन । डार्ट भनेको जङ्गली जनावरलाई नियन्त्रणमा लिन वा उपचार गर्न प्रयोग गरिने प्रविधि हो ।

    ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा आतङ्क मच्चाउने एउटा जङ्गली हात्ती हो । जसले हालसम्म २५ जनाको ज्यान लिइसकेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जाले बताउनुभयो ।

    गत शनिबार भरतपुर महानगरपालिक–२३ मा २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेलाई धु्रवे हात्तीले आक्रमण गरी मारेपछि निकुञ्जले हात्तीलाई डार्ट गर्न लाग्दा हालसम्म ध्रुवे नभेट्टिएको हो । हात्ती डार्ट गर्न निकुञ्जले २५ अनुभवी जनशक्ति परिचालन गरेको छ ।

    विसं २०७४ मा नेपाली सेनाका सेनानी (मेजर)लाई आक्रमण गरी मारेपछि ध्रुवेले नौ वर्षपछि यी दुई आमाछोराको ज्यान लिएको हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेम्केमैयुङमा ‘एक घर, एक करेसाबारी’ कार्यक्रम
    प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
    ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो: प्रधानमन्त्री शाह
    • नेपालीले आत्मदाह गरेको घटनाबारे सरकारको ध्यानाकर्षण
    • अवकाशपछि कृषि उद्यम: पूर्वप्रधानाध्यापकको ७० रोपनीमा व्यावसायिक खेती
    • पर्सामा आँखा उपचार भवन निर्माण सम्पन्न
    • ‘भूपू प्रहरीको तरकारीखेती कृषकको पहिचान’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.