सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी


  •    न्युजभित्तो/२९ असार २०८३, सोमबार १४:३५ 
  • चितवन, २९ असार । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ अध्यक्षको नियुक्तिसँगै कर्मचारीको तीन महिनाको तलब सहित अन्य खर्चको भुक्तानी सुरुआत गरिएको छ ।

    गत चैत २० गतेदेखि रिक्त रहेको अध्यक्ष पदमा यही असार १९ गते डा योगेन्द्रप्रसाद सिंहले अध्यक्षले कार्यभार सम्हाल्नुभएसंगै रोकिएको भुक्तानी थालिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा उमेश नेपालका अनुसार अध्यक्षको अभावमा तलब, भत्ता र नियमित गर्नुपर्ने भुक्तानी रोकिएको थियो । कार्यकारी निर्देशक समेत रिक्त भएपछि उपनिर्देशक नेपाललाई कार्यकारीको जिम्मेवारी दिइएको थियो ।

    अध्यक्षको अभावमा औषधिलगायतका अत्यावश्यक सामग्री खरिदमा समेत समस्या भएको थियो । क्यान्सर अस्पतालको नियमावलीमा मूल खाताबाट खर्च हुने खातामा रकम स्थानान्तरण गर्दा अध्यक्ष र कार्यकारी निर्देशकले हस्ताक्षर गर्नुपर्ने हुन्छ । खर्च गर्ने खातामा भने कार्यकारी निर्देशक र लेखा प्रमुखले हस्ताक्षर गरेर भुक्तानी गर्न सकिने प्राबधान रहेको जनाइएको छ ।

    अस्पतालमा अध्यक्ष नियुक्ति भए पनि सञ्चालक समितिका पदेनबाहेक सदस्य रिक्त छ । अर्थ र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव वा तोकिएको व्यक्ति र भरतपुर महानगरपालिकाका प्रमुख पदेन सदस्य रहने व्यवस्था छ ।

    कार्यकारी निर्देशक नेपालले दैनिक काममा अहिले बाधा नरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “ठूला नितिगत निर्णयका लागि संञ्चालक समितिको निर्णय आवश्यक पर्दछ । त्यसबाहेक नियमित कामका लागि अध्यक्ष र कार्यकारी निर्देशकले काम गर्न सक्दछन् । ” अध्यक्ष चयन संगै अस्पतालका नियमित कामहरु सहज भएको उहाँले जानकारी दिनुभयो । अस्पतालमा करिव ८०० चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी सेवारत छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.