सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तुइन खोलामा पहिरो रोकथाम सुरु


  •    न्युजभित्तो/२४ असार २०८३, बुधबार १६:४४ 
  • चितवन, २४ असार । आज तुइन खोलामा पहिरो रोकथाम कार्य सुरु गर्नका लागि सम्बन्धित निर्माण कम्पनीलाई डिभिजन सडक कार्यालय, चितवनले सम्झौताका लागि आह्वान भएको छ ।    

    आगामी १० महिनाभित्र काम सम्पन्न गर्ने गरी रु २२ करोड २१ लाखको लागतमा तुइन खोलामा पहिरो रोकथाम कार्य सुरु गर्न लागिएको हो । खोलामा गइरहने पहिरोका कारण यसअघि यात्रुले सास्ती बेहोर्नुपरेको थियो ।  

    पहिरोको उच्च जोखिममा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा गत वर्षको असोज ३ र ७ गते ठूलो पहिरो खस्दा १०४ घण्टा सडक अवरुद्ध भएको थियो ।

    डिभिजन सडक कार्यालय, चितवनका प्राविधिक अर्जुन घिमिरेले सम्झौताअनुसार छनोट भएको कम्पनीले तुइन खोलामा आगामी दश महिनाभित्रनै पहिरो रोकथामको काम सक्नुपर्ने प्रावधान रहेको जानकारी दिनुभयो ।  

      घिमिरेले खोलाको नारायणगढतर्फको भित्तोमा रोकथाम गर्न लागिएको पर्खालको लम्बाइ १६५ मिटर र चौडाइ १०५ मिटर रहेको बताउनुभयो ।  

    केही वर्ष अघि सडक विस्तारका क्रममा सडक खनिएको काटिएको भित्तामा गत वर्ष एकाएक पहिरो खसेपछि सो स्थान जोखिममा परेको थियो । 

    सो सडकखण्डमा जुनसुकै बेला पहिरो खस्न सक्ने भएकाले पहिरो पन्छाउन मुग्लिन र सेती दोभानमा तयारी अवस्थामा उपकरण राखिएका छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.