सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर भ्रमण वर्ष स्थगित


  •    न्युजभित्तो/६ पुष २०८०, शुक्रबार १२:३२ 
  • चितवन, ६ पुस । चितवनको भरतपुर महानगरपालिकाले सन् २०२४ मा गर्ने भनिएको भरतपुर भ्रमण वर्ष स्थगित भएको छ ।

    महानगरपालिकाको आज शुक्रबार बसेको कार्यपालिका बैठकले तत्कालका लागि भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको हो ।

    तयारी नपुगेको, मुख्य सडकहरुको पूर्वाधार निर्माणको काम नसकिएकोले हाललाई भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरिएको हो ।

    भ्रमण वर्ष सन् २०२४ मै गर्ने तर कहिलेदेखि औपचारिक रुपमा सुरु गर्ने भन्ने बारेमा आगामी नगरपरिषद्ले निर्णय लिने महानगर स्रोतले जनाएको छ ।

    नारायणगढ गोन्द्राग सडकखण्ड विस्तारको काम नसकिएको, मुग्लिन नारायणणढ सडकखण्ड पनि दिउँसो ४ घण्टा बन्द गर्ने तयारी गरिएको तथा महानगरकै पनि आफ्नो तयारी पूरा नभएकोले भ्रमण वर्ष हाललाई स्थगित गरिएको हो ।

    महानगरपालिकाले पुस १४ गते अर्थात जनवरी १ तारिकको दिनमा भ्रमण वर्षको शुभारम्भ गर्ने तयारी गरेको थियो ।

    नारायणी नदी किनारमा भ्रमण वर्षको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने कार्यक्रम थियो । सुरुमा २०८० सालमा गर्ने निर्णय गरे पनि तयारी नपुगेको भन्दै अंग्रेजी नयाँ वर्ष सन् २०२४ बाट सुरु गर्ने निर्णय यसअघि महानगरले गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    • नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.