सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चिउरीबाट घ्यू उत्पादन गर्दै चितवनका चेपाङ,बजारको तेल किन्नै पर्दैन


  •    न्युजभित्तो/२ पुष २०८०, सोमबार ११:४० 
  • भरतपुर, २ पुस । गाउँघरमा कोल र ढिकी लोप हुँदै गइरहेका बेला चितवनको चेपाङ गाउँमा त्यही परम्परागत प्रविधि प्रयोग गरी घ्यू उत्पादन गर्ने गरिएको छ । कालिका नगरपालिका–१० जिङलाउका चेपाङ समुदायले जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर गरेर घ्यू उत्पादन गर्ने गरेका छन् ।

    जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर घरमै घ्यू उत्पादन गर्दैआएको कालिका–१० जिङलाउका कलाराम चेपाङले बताउनुभयो । उहाँले भन्नुभयो, “बाउबाजेको पालादेखि यहाँ चिउरीको राम्रो उत्पादन हुँदै आएको छ, हामीले पनि प्रत्येक वर्ष घ्यू उत्पादन गर्दै आएका छौँ ।” उहाँले चिउरीकै घ्यू प्रयोग गरेर खाना पकाउँदै आएको बताउनुभयो । बजारको तेलप्रति रुचि नभएको उल्लेख गर्दै उहाँले घरमै एकपटक चिउरीको बियाँ पेलेपछि वर्षभरिलाई पुग्ने बताउनुभयो ।

    “बजारको तेल किन्नै पर्दैन, पैसाको पनि बचत हुन्छ”, कलारामले भन्नुभयो, “चिउरीको घ्यू स्वास्थ्यका लागि पनि राम्रो छ ।” चिउरीको घ्यूमा कुनै मिसावट पनि नहुने उहाँको भनाइ छ । चिउरी असारमा पाक्छ । साउनमा टिप्ने गरिन्छ । उहाँले भन्नुभयो, “चिउरी खाएर रहेको बियाँलाई धोएर नबिग्रने गरी सुरक्षित राख्छौँ ।” एक वर्षमा झण्डै चार मुरी चिउरी टिप्ने गरेको वर्षभरीलाई पुग्ने गरेको कलारामले बताउनुभयो । “यसको बजार भाउ छैन । तर न्यून सङ्ख्यामा घ्यू किन्न आउने गरेका छन्”, उहाँले भन्नुभयो ।

    राष्ट्रिय आधारभूत विद्यालयका शिक्षक रामलाल चेपाङले चिउरीको बियाँबाट निस्कने घ्यू औषधिको रुपमा समेत प्रयोग गर्ने गरेको बताउनुभयो । “हातखुट्टा, ओठ फुटेको ठाउँमा लगाउने गरेका छौँ”, उहाँले भन्नुभयो । बोटको बोक्रा टन्सिल, कुष्ठरोग, मधुमेहजस्ता रोगमा औषधिका रूपमा प्रयोग हुने गरेको उहाँले बताउनुभयो । घ्यू निकालेर निस्कने पिना खेतबारीमा कीटनाशक औषधिका रुपमा प्रयोग हुने गरेको शिक्षक रामलालले बताउनुभयो ।

    विगतमा चेपाङ समुदायमा छोरीलाई चिउरीको रुख नै दाइजो दिने चलन थियो । तर, अहिले चिउरीको रुख दाउरा बाल्न, चिउरीको पात खसीबाख्रालाई खुवाउन प्रयोग हुन थालेको छ । चिउरी, चमेरो र चेपाङको सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले पुर्खाले चिउरीको रुखलाई संरक्षण गरेर राखेको उल्लेख गर्नुभयो ।

    दाउरा बाल्न थालेपछि चिउरीको रुख नासिदै गएको छ । चिउरीको फूलको रसबाट बनेको मह बजारमा प्रशस्तै पाइन्छ । अहिले चिउरीको फूल फुल्ने मौसम भएकाले यस क्षेत्रमा मौरी चराउन आउनेको घुइँचो लाग्ने गरेको छ छ । कालिका–१० का वडाध्यक्ष नरजङ्ग प्रजाले चिउरीको घ्यूले बजार पाउन नसकेको बताउनुभयो । “अरु तेलको प्रयोग बढेपछि चिउरीको घ्यूको खासै माग छैन”, उहाँले भन्नुभयो, “यसको महत्वबारे बुझाउनुपर्ने आवश्यकता छ ।” चितवनको इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिकाका साथै भरतपुर महानगरपालिकाका केही स्थानमा चिउरी पाइन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    • नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.