सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शीतलहरबाट पठनपाठनमा समस्या


  •    न्युजभित्तो/१४ पुष २०८२, सोमबार १२:१२ 
  • महोत्तरी, १४ पुस । शीतलहरबाट स्थानीयवासी प्रभावित हुन थालेपछि यहाँका स्थानीयतहले धमाधम विद्यालय बिदा दिन थालेका छन् । पुसको पहिलो सातामै सुरु भएको शीतलहर बढ्दै गएपछि जिल्लाका १५ वटै स्थानीय तहले विद्यालयमा बिदा दिने सूचना जारी गरेका हुन् ।

    पछिल्लो पटक बर्दिबास, जलेश्वर, मटिहानी, लोहारपट्टी र मनराशिशवा नगरपालिकाले आजदेखि जाडो बिदाको सूचना आइतबार साँझ नै जारी गरेका छन् । सूचना जारी गर्ने स्थानीयतहले एक दिनदेखि पाँच दिनसम्म बिदा रहने जनाएका छन् । बर्दिबास नगर कार्यपालिकाको कार्यालयको शिक्षा शाखाले आज एक दिन मात्र जाडो बिदाको सूचना जारी गरेको छ ।

    “भोलि मङ्गलबार तमु ल्होसार पर्वको सार्वजनिक बिदा नै छ, आज र भोलिसम्म मौसम सुध्रिनसक्ने आसले जाडो बिदा एक दिनमात्र भनेका हौँ” शिक्षा शाखा प्रमुख उपसचिव रेवतीप्रसाद पराजुलीले भन्नुभयो, “त्यसपछि मौसमअनुसार फेरि निर्णय गरिने छ ।” अधिकांशले भने तीन र पाँच दिन बिदा दिने जनाएका छन् ।

    “अहिले धेरै जाडो बढेको हुँदा शुक्रबारसम्मको बिदा दिने भनेका छौँ, बीचको मौसमअनुसार चाँडै विद्यालय खुल्न पनि सक्छन्” मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले भन्नुभयो । यसअघि जिल्लाका भङ्गाहा, रामगोपालपुर र जलेश्वर नगरपालिकाले भने शीतलहर सुरु भएलगत्तै गत मङ्गलबार नै बिदाको सूचना जारी गरेका थिए ।

    बढ्दो जाडोले खासगरी आधारभूत तहका स–साना नानीहरुको स्वास्थ्यमा प्रतिकूल प्रभाव बढ्नसक्ने हुँदा विद्यालयमा बिदा दिने निर्णय गरिएको भङ्गाहाका नगरप्रमुख सञ्जीवकुमार साहको भनाइ छ ।

    “ जाडो बढेको छ, स–साना नानी त विद्यालय आउनै पनि छाडिसकेका छन् , यो अवस्थामा बिदा दिने निर्णय गरियो” उहाँले भन्नुभयो । स्थानीय तहहरुले यो जाडो बिदा बर्खे बिदामा मिलान गरिने स्पष्ट पारेका छन् । स्थानीयतहले बिदा सूचना अघिपछि जारी गरेपनि जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकाका आधारभूत तहका विद्यालयमा गत मङ्गलबारदेखि नै बालबालिका जान छाडेका थिए ।

    जिल्लाका करिब सबै भेगमा पछिल्लो एक सातायता बाक्लो हुस्सुले ढाक्दै आएको छ । पछिल्ला पाँच दिनयता झनै चिसो सिरेटो आउन थालेपछि विद्यालय मात्र नभइ हाटबजारको चहलपहल पनि निकै घटेको छ । यो मौसमले खेतीपातीको काम पनि प्रभावित बनाएको किसानले बताएका छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गृहमन्त्रालय बाट भेट्ने समय नपाएपछि सिंहदरबारको गेटमै पानीमा रुझ्दै बसे निहारिका र बिनु
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी
    ध्रुवे हात्तीको आक्रमणपछि बहस: के हात्तीले पुस्तौँसम्म रिस साँध्छ?
    • बाँझो जग्गा सदुपयोग गर्न माडीमा ‘भूमि बैंक’ अवधारणा
    • मधेश प्रदेशसभा: बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन
    • गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा
    • राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.