सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भोजपुर बजारमा पानीको सङ्कट अन्त्य


  •    न्युजभित्तो/१४ पुष २०८२, सोमबार १२:१९ 
  • भोजपुर, १४ पुस । भोजपुर सदरमुकाम क्षेत्रमा सिलिचुङ खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीय नागरिकको दीर्घकालीन रुपमा रहेको पानीको समस्या समाधान भएको छ । आयोजनामार्फत भोजपुर बजार क्षेत्रसहित छ वटा वडाका दुई हजार ६५० घरधुरीमा ‘एक घर एक धारा’ जडान गरिएको सिलिचुङ खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिले जनाएको छ ।

    समितिका कार्यालय प्रमुख कृष्णसागर तामाङका अनुसार आयोजना सञ्चालनपछि बजार तथा आसपासका वडामा देखिँदै आएको चरम खानेपानी समस्या हटेको छ ।

    भुल्के मुहान, डढुवा मुहान, जोरसाघु मुहान, तीनधारे मुहान र तीन भङगाले गरी पाँच वटा मुहानबाट पानी सङ्कलन गरी स्थानीय नागरिकको घरघरमा वितरण गरिएको समितिका अध्यक्ष तुफान किरातले जानकारी दिनुभयो । स्थानीयलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले आयोजनाअन्तर्गत दुई वटा पानी प्रशोधन केन्द्रसमेत सञ्चालनमा ल्याइएको छ ।

    “स्थानीय नागरिकलाई सहजरूपमा खानेपानीको व्यवस्था गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँ,” अध्यक्ष किरातले भन्नुभयो, “आयोजना सञ्चालनमा आएपछि बजार क्षेत्रसँगै आसपासका वडाका नागरिकको पानीको समस्या हटेको छ ।”

    आयोजनामार्फत पानी वितरणका लागि १० हजार ९५ लिटर क्षमताका ११ वटा ट्याङ्की निर्माण गरी पानी वितरण भइरहेको छ । यस आयोजनाबाट भोजपुर नगरपालिका–५, ६, ७, ८, ९ र १२ का नागरिकले खानेपानी उपभोग गर्दै आएका छन् ।

    विगतमा गम्भीर पानी अभाव झेल्दै आएका स्थानीयले नागरिक सहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत करिब रु ५० करोडको लागतमा विसं २०७८ चैतमा योजना सम्पन्न भएपछि सहजता पाएका हुन् । स्थानीय नागरिकले आयोजना सञ्चालनसँगै दैनिक जीवन सहज बनेको प्रतिक्रिया दिएका छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    • माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.