सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सडकमा ‘पेभर्स’ राख्ने क्रम बढ्दै


  •    न्युजभित्तो/१४ पुष २०८२, सोमबार १२:०४ 
  • बनियानी, १४ पुस । झापा जिल्लाको भित्री सडकहरुमा ‘पेभर्र्स’ राख्ने क्रम बढ्दै गएको छ । छिटोछरितो रुपमा निर्माण हुनुका साथै हेर्दा आकर्षक, टिकाउ र मर्मत गर्न सजिलो हुने भएपछि जिल्लामा कच्ची सडकमा पेभर्स राख्नेक्रम बढ्दै गएको हो । अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले नगर क्षेत्रमा अधिकांश सडक कालोपत्र र केही सडक पेभर्स लगाइरहेको बताउनुभयो ।

    “पछिल्लो समयमा कम भारबहन क्षमता भएका भित्री सडकमा पेभर्स लगाएर सडक निर्माण गर्न थालिएको छ”, उहाँले भन्नुभयो, “हेर्दा राम्रो देखिने र भत्किहाले पनि मर्मत गर्न सजिलो हुँदोरहेछ ।”सडक निर्माण गर्ने ठेकेदारले नै पाँच वर्षको ग्यारेन्टी दिएर सडक मर्मत गर्ने भएकाले नगरपालिकालाई सहज हुने उहाँको भनाइ छ । “कालोपत्र तीन–चार वर्षमा भत्कियो भने हामीले आफ्नै स्रोतले मर्मत गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “पेभर्स सडक ग्यारेन्टी अवधिसम्म ढुक्क हुन्छ ।”

    नगरपालिका अगाडि बनेको पेभर्स सडक अघिल्लो जनप्रतिनिधिको कार्यकालमै बनेको बताउनुहुँदै उपप्रमुख पराजुलीले भन्नुभयो, “झण्डै सात–आठ वर्ष जति भयो, सडकको अवस्था राम्रै छ ।”बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र सङ्ग्रौलाले जनप्रतिनिधि आएको पछिल्लो आठ वर्षमा नगर क्षेत्रमा धेरै सडक कालोपत्र भएको बताउनुभयो ।

    ६०–४० को अवधारणा अनुसार ९नगरपालिकाको ६० प्रतिशत र उपभोक्ताबाट ४० प्रतिशत० नगर क्षेत्रमा पेभर्स सडक लगाउने काम भइरहेको उहाँले बताउनुभयो ।“गुणस्तरीयसँगै पाँच वर्षको ग्यारेन्टी हुने भएपछि उपभोक्ता समितिहरुले पेभर्स सडक बनाइरहनुभएको छ”, उहाँले भन्नुभयो, “पाँच वर्षको ग्यारेन्टी भए पनि १५ वर्षसम्म सडक टिक्ने हामीले बुझेका छौँ ।”

    योजनामा उल्लेख भएअनुसारको सडक निर्माण भइरहेका सघन सहरी विकास कार्यालय झापाका प्रमुख प्रदीपकुमार सिंहले बताउनुभयो । “कालोपत्र लेखेको योजनामा सोही अनुसारको गर्छौँं”, उहाँले भन्नुभयो, “कतिपय योजनामा स्तरोन्नती भनेर उल्लेख हुन्छ, कपितय ठाउँमा सौन्दर्य करणका हिसाबले पनि पेभर्स सडक निर्माण गर्ने गरेका छौँ ।”

    सबै ठाउँमा नभए पनि धेरैजसो ठाउँमा स्थानीयवासीले पेभर्स सडक बनाइदिनु भनेर आग्रह गर्ने गरेको पूर्वाधार विकास कार्यालय झापाका प्रमुख राजेश्वर महतोले बताउनुभयो । “स्थानीयले सर हामीलाई रङ्गीचङ्गी पेभर्स सडक बनाइदिनुस् भनेर आग्रह गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “अवस्था हेरेर सम्भव भएसम्म काम गर्ने गरेका छौँ ।”

    कार्यालयले फुटपाथको काम नगर्ने र सडकको मात्र काम गर्ने भएकाले नेपाल गुणस्तर चिह्न ९एनएस० प्राप्त पेभर्स नै प्रयोग गरेर सडक निर्माण गर्न बोलपत्र आह्वान गर्ने गरेको उहाँले बताउनुभयो । “सडकको ‘ट्राफिक’ हेरेर एनएस प्राप्त पेभर्स नै प्रयोग गरेर सडक निर्माण गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

    जिल्लामा पेभर्सको माग र लोकप्रियता बढेसँगै यहाँका साना–ठूला उद्योगले खुल्ने क्रम जारी छ । जिल्लामा साना–मझौला करिब ५० वटा उद्योग छन् भने एउटा एनएस प्राप्त ठूलो उद्योगसमेत रहेको छ । पेभर्सको माग बढ्दै गएपछि उत्पादन बढाउन थालिएको अर्जुनधारा–७ स्थित विल्डकन इण्डष्ट्रिज प्रालिका प्रबन्ध निर्देशक नवीन गट्टानीले बताउनुभयो । स्थानीय तह, सरकारी निकाय र निजी क्षेत्रका साना तथा भित्री सडक, पेटी बनाउन पेभर्सको प्रयोग गर्नेक्रम बढेको उहाँको भनाइ छ ।

    आठ वर्षअघि स्थापना गरिएको उद्योगले सुरुवाती समयमा उत्पादन क्षमताको २० देखि ३० प्रतिशत मात्रै पेभर्स उत्पादन गर्दै आएकोमा हाल ५० प्रतिशत उत्पादन गर्न थालेको उहाँले बताउनुभयो ।

    “नेपालमा एनएस प्राप्त पहिलो उद्योग हामीले नै सञ्चालनमा ल्याएका हौँ”, उहाँले भन्नुभयो, “अहिले देशभर १२ उद्योग छन् भने तीन वटा उद्योग सञ्चालनको तयारमा छ ।” नेपालमा मात्रै नभएर विश्वमै पेभर्स सडकको माग बढ्दै गएको उहाँ बताउनुहुन्छ ।

    मापण्दड अनुरुप तयार पारिएको पेभर्सबाट बनेको सडकको पाँच वर्ष ग्यारेन्टी र २० वर्षभन्दा बढी आयु हुने उद्योगका अर्का सञ्चालक प्रदीप अग्रवालले बताउनुभयो । झापामा एउटा एनएस प्राप्त पेभर्स उद्योग रहेको छ, भने झण्डै ५० वटा साना तथा मझौला उद्योग रहेका छन् । जसबाट उत्पादित पेभर्सले सडक, सडकपेटी, सवारी पार्किङस्थल लगायतका संरचना निर्माण भइरहेका छन् । र।सस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    • माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.