सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सार्दीखोला विद्यार्थी सहयोग समितिद्वारा प्रअ आचार्य सम्मानित


  •    न्युजभित्तो/१४ पुष २०८२, सोमबार १२:२७ 
  • काठमाडौँ, १४ पुस । कास्की माछापुच्छ्रे गाउँपालिका–२, भुर्जुङखोलामा सार्दीखोला विद्यार्थी सहयोग समितिले आफ्नो ३० औँ स्थापना दिवसमा शिक्षक सम्मान, छात्रवृत्ति वितरण तथा पुरस्कार वितरण गरेको छ ।
    समितिले माछापुच्छ्रे – १, २ र ३ भित्रका १२ विद्यालयमा अध्ययनरत कक्षा १ देखि १२ सम्मका २६० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई कूल रु सात लाख ४२हजार बराबरको छात्रवृत्ति रकम, शैक्षिक सामग्री तथा पुरस्कार प्रदान गरेको हो ।

    हालै आयोजित एक कार्यक्रममा संस्कृतिविद् डा जगमान गुरुङले प्रधानाध्यापक सन्तोष आचार्यलाई पुरस्कार तथा अन्य सहयोग सामाग्री प्रदान गर्नुभयो । माछापुच्छ्रे माध्यमिक विद्यालय, भुर्जुङखोलाका प्रधानाध्यापक तथा माछापुच्छ्रे गाउँपालिकाका उत्कृष्ट प्रधानाध्यापक सन्तोष आचार्यलाई विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा पु¥याएको दीर्घकालीन, नेतृत्वदायी र अतुलनीय योगदानको उच्च कदर गर्दै रु पचास हजार नगद, दोसल्ला तथा सम्मानपत्रसहित विशेष सम्मान प्रदान गरिएको छ ।

    सो अवसरमा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने शिक्षकहरूलाई विशेष सम्मान गरिएको थियो । माछापुच्छ्रे माध्यमिक विद्यालय, भुर्जुङखोलाका शिक्षक एलिसा अधिकारी र सङ्गीता गुरुङ, मेघराज आधारभूत विद्यालय, घाचोककी शिक्षक सपना मिजार, तथा अन्नपूर्ण आधारभूत विद्यालय, मिर्साकी शिक्षक तिलकुमारी गुरुङलाई उत्कृष्ट शिक्षकका रूपमा जनही रु छ हजार नगद, दोसल्ला तथा सम्मानपत्रसहित सम्मान गरिएको हो । शिक्षक छनोट विद्यालय, समुदाय र अभिभावकको सिफारिसका आधारमा गरिएको समितिले जनाएको छ ।

    कार्यक्रममा वक्ताहरूले उत्कृष्ट शिक्षकहरू समुदायका साझा सम्पत्ति भएको उल्लेख गर्दै यस्ता सम्मान कार्यक्रमले शिक्षकहरूको मनोबल अभिवृद्धि गर्नुका साथै नयाँ पुस्तालाई शिक्षण पेसाप्रति आकर्षित गर्ने विश्वास व्यक्त गरेका थिए ।
    विसं २०५३ मा माछापुच्छ्रे माध्यमिक विद्यालयका पूर्व विद्यार्थी भीम तामाङद्वारा स्थापित उक्त समितिले विगत तीन दशकदेखि विद्यार्थीको शैक्षिक उत्थान, प्रतिभा विकास र शिक्षा क्षेत्रमा चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित निरन्तर सामाजिक तथा शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘राहदानी प्रणालीमा देखिएका प्राविधिक समस्या क्रमशः समाधान हुनेछन्’
    झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ: शिक्षामन्त्री
    • बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन
    • कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै
    • अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
    • सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.