banner news

तमु भाषा र संस्कृतिको संरक्षणमा तनहुँका तमु समुदाय
-न्युजभित्तो

डुम्रे (तनहुँ), १३ फागुन । ‘सिक्दैछौँ आधुनिक ज्ञान, भुल्दैनौँ आफ्नो मौलिक पहिचान’ नाराका साथ सन् २०२६ लाई तमु भाषा, साहित्य, कला एवं संस्कृति वर्षका रूपमा विविध कार्यक्रम गरी मनाउने तयारी भइरहेको छ । आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा यस वर्ष...

‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
-न्युजभित्तो

काठमाडौँ, १३ फागुन । पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ परेका छन् ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठमेलस्थित रोयल होलिडेज एडभेञ्चर एण्ड ट्राभल कम्पनीका प्रतिनिधि २८ वर्षीय सन्दीप तिवारी र विमान सेवा सञ्चालक सङ्घका पूर्वउपाध्यक्ष...

भक्तपुरमा होली पर्व सुरु
-न्युजभित्तो

भक्तपुर, १३ फागुन । भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेनको मन्दिरमा मङ्गलबार साँझ भीमसेनको लिङ्गलाई झुण्ड्याएर प्रदर्शनीमा राखी चिर स्वायगू अर्थात चिरोथान होली पर्व सुरु भएको छ । फागुण शुक्ल अष्टमीको दिन साँझ नेपाल भाषाबाट लज्ज अर्थात भीमसेनको लिङ्ग प्रतीकका...

खाद्य तथा पेय पदार्थ बिक्री गर्ने फर्ममाथि विभागको अनुमगन
-न्युजभित्तो

काठमाडौँ, १३ फागुन । निर्वाचनको प्रक्रिया चलिरहेको बेला बजारमा खाद्य तथा पेय पदार्थमा कालोबजारी भएको, उपभोक्तामाथि ठगी भएको गुनासो बढेको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप सक्रियता देखाएको छ । विभागले अनुमगनको क्रममा कैफियत देखिएपछि जेएस जनरल स्टोर...

निर्वाचनका लागि भारतसँग जोडिएका कञ्चनपुरका सबै सीमा नाका बन्द हुने
-न्युजभित्तो

कञ्चनपुर, १३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन भारतसँग जोडिएका कञ्चनपुरका सबै सीमा नाका बन्द गरिने भएका छन् । जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार यही फागुन २१ गते...

साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाइँदै
-न्युजभित्तो

मुस्ताङ, १३ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँस्थित वारागुङ मुक्तिक्षेत्र–५ साङ्ता मतदान केन्द्र जाने ९मुस्ताङ–डोल्पा० सडकको हिउँ मङ्गलबारदेखि पन्छ्याउन सुरु गरिएको छ ।  हिमपातका कारण गत कात्तिक १० गतेदेखि पूर्णरुपमा अवरुद्ध उक्त सडकमा सवारी...

मतदाताको प्राथमिकतामा दुलेगौँडा–हर्कपुर मोटरमार्ग
-न्युजभित्तो

दमौली (तनहुँ), १३ फागुन । दुलेगौँडा–हर्कपूर मोटरमार्ग हरेक निर्वाचनमा नेताहरूको चुनावी नारा बन्छ । स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभासम्म जो उम्मेदवार आए पनि एउटै वाचा गर्छन्, यो सडक बनाउँछु । यही सडकलाई देखाएर नेताहरुले चुनाव जिते पनि सडकको अवस्था...

‘सेफगार्डिङ’ प्रणालीलाई संस्थागत र थप प्रभावकारी बनाउँदै नेपाल रेडक्रस
-न्युजभित्तो

काठमाडौँ, १३ फागुन । नेपाल रेडक्रस सोसाइटीले संरक्षण (सेफगार्डिङ) प्रणालीलाई संस्थागत तथा प्रभावकारी बनाउने उद्देश्यले प्रगतिको मध्यावधि समीक्षा गरेको छ । समीक्षा कार्यकममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव अञ्जु ढुङ्गानाले महिला तथा बालबालिकाको संरक्षण र ‘सेफगार्डिङ’ क्षेत्रमा...

सम्भावित क्षति न्यूनीकरण गर्न स्याली नदीका चार ठाउँमा तटबन्ध निर्माण
-न्युजभित्तो

कञ्चनपुर, १३ फागुन । जग्गा कटानको उच्च जोखिममा रहेका शुक्लाफाँटा नगरपालिकाका चार वडामा तटबन्ध निर्माण अगाडि बढाइएको छ । चालु आर्थिक वर्षको स्वीकृत रु ६९ लाख बजेटमा स्याली नदीमा तटबन्ध निर्माण थालिएको हो । नगरपालिकाको पूर्वाधार विकास शाखाका प्रमुख दीपक...

ट्रयाक खुलेको २६ वर्षपछि सडक कालोपत्र
-न्युजभित्तो

ढोरपाटन (बागलुङ), १३ फागुन । ‘ट्रयाक’ खुलेको २६ वर्षपछि ग्रामीण सडक कालोपत्र भएपछि स्थानीय खुसी भएका छन् । जिल्ला सदरमुकामसँग जोडिएको मूलपानी–तितौरे, ओडारचौर–ढोडेनी र गणेशघुम्ती–निरयघाट सडक कालोपत्र भएको हो । सडक कालोपत्र भएपछि यात्रा र सामान ढुवानी गर्न सहज...