सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तमु भाषा र संस्कृतिको संरक्षणमा तनहुँका तमु समुदाय


  •    न्युजभित्तो/१३ फाल्गुन २०८२, बुधबार १२:२६ 
  • डुम्रे (तनहुँ), १३ फागुन । ‘सिक्दैछौँ आधुनिक ज्ञान, भुल्दैनौँ आफ्नो मौलिक पहिचान’ नाराका साथ सन् २०२६ लाई तमु भाषा, साहित्य, कला एवं संस्कृति वर्षका रूपमा विविध कार्यक्रम गरी मनाउने तयारी भइरहेको छ । आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा यस वर्ष तमु भाषा, साहित्य, कला र संस्कृति वर्ष २०२६ मनाइँदैछ ।

    यो कार्यक्रम आयोजनाको मुख्य उद्देश्य भविष्यमा सांस्कृतिक अभियन्ता र विज्ञ जनशक्ति उत्पादन गर्न उत्कृष्ट मार्गनिर्देशन गर्नु रहेको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले बताउनुभयो । 

    क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले तमु ह्यूल छोंज धिं र शैक्षिक संस्थासँगको सहकार्यमा समुदायको सङ्गठनशीलता, एकता देखाउने र सहकार्यको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिनुभयो । क्याम्पस र तमु समुदायको संयुक्त प्रयासले मात्र सन् २०२६ लाई सफल ‘तमु भाषा र संस्कृति वर्ष’ बनाउन सकिने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

    जिल्ला समन्वय समितिका प्रमुख वाग्लेले भाषा मरे संस्कृति मर्ने हुँदा नयाँपुस्ताका तमुले खेगी, पच्यु र क्ल्हेप्री परम्परा जोगाउन गुरुङ भाषाको ज्ञान प्राप्त गर्नु अनिवार्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो मातृभाषा बोल्न लाज होइन, गर्व गर्नुपर्छ । भाषा बाँचे मात्र हाम्रो इतिहास र पहिचान बाँच्छ । यसको संरक्षण र प्रवर्द्धनमा सबैले सहकार्य र समन्वय गर्नुपर्छ ।”

    व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सांस्कृतिक मौलिकता हाम्रो शक्ति भएको बताउँदै क्याम्पसको नारा ‘सिक्दैछौँ आधुनिक ज्ञान, भुल्दैनौँ आफ्नो मौलिक पहिचान’ आत्मसात् गरेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “विश्वको जुनसुकै कुनामा पुगे पनि हाम्रो भाषा र संस्कृतिले हामीलाई सम्मानित बनाउँछ ।”

    क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनारले रैथाने ज्ञान र सीपलाई आधुनिक प्रविधिसँग जोडेर नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रयासस्वरूप तमु वर्षको कार्ययोजना तयार गरी कार्यान्वयनमा लागिएको जानकारी दिनुभयो ।

    सम्पदा नेपालका अध्यक्ष तथा पर्यटनविज्ञ हरिसिं गुरुङले गुरुङ समुदायको रोधी, घाँटु, सोरठी, कृष्णचरित्र नाचलगायत संस्कार केबल नाच नभई सभ्यताको अङ्ग भएकाले तिनीहरूको मर्म बुझ्न र जोगाउन प्रतिबद्ध रहनुपर्नेमा जोड दिनुभयो । यस अभियानले देशभर सकारात्मक सन्देश प्रवाह गर्ने उहाँले अपेक्षा व्यक्त गर्नुभयो । 

    तमु विद्यार्थी सहयोग समूहका अध्यक्ष रोहन गुरुङले भाषा, साहित्य, कला र संस्कृति संरक्षणको वार्षिक कार्ययोजना नयाँ पुस्तामा पुलको भूमिकामा रहेको बताउनुभयो । आँबुखैरेनी, देवघाट र व्यास नगरपालिकाका १०० भन्दा बढी तमु विद्यार्थी र समुदायका अगुवासँग समन्वय गरी कार्ययोजना तयार गरिएको हो ।

    देवघाट गाउँपालिकाकी स्नातकतहमा अध्ययनरत छात्रा रिया गुरुङले भन्नुभयो, “हामी तमु, हाम्रो भाषा, साहित्य, कला र संस्कृतिमा स्पष्ट हुन सकेनौँ भने भोलि अभिभावक नहुँदाको अवस्थामा नयाँ पुस्तालाई के सिकाउने रु पुस्तान्तरणसहित भाषा, संस्कृतिको संरक्षण र प्रवर्द्धनमा यस्ता कार्यक्रम प्रभावकारी माध्यम बन्ने विश्वास छ ।” 

    यसैबीच, क्याम्पसले आदिवासी जनजातिको भाषा तथा संस्कृति संरक्षण तथा विकास समितिमार्फत सन् २०२६ लाई गुरुङ ९तमु० भाषा, साहित्य, कला र संस्कृति वर्षका रूपमा घोषणा गरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.