सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मतदाताको प्राथमिकतामा दुलेगौँडा–हर्कपुर मोटरमार्ग


  •    न्युजभित्तो/१३ फाल्गुन २०८२, बुधबार १२:१५ 
  • दमौली (तनहुँ), १३ फागुन । दुलेगौँडा–हर्कपूर मोटरमार्ग हरेक निर्वाचनमा नेताहरूको चुनावी नारा बन्छ । स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभासम्म जो उम्मेदवार आए पनि एउटै वाचा गर्छन्, यो सडक बनाउँछु । यही सडकलाई देखाएर नेताहरुले चुनाव जिते पनि सडकको अवस्था उस्तै छ । वर्षौँ भयो, सडकको अवस्था सुध्रिएको छैन । वर्षायाममा हिलोले गाडी फस्छ, हिउँदमा धुलोले सास फेर्न गाह्रो हुन्छ ।

    शुक्लागण्डकी नगरपालिका–३ कालिम¥याङका दलबहादुर थापाले चुनावका बेला जनतालाई आश्वासन देखाएकाहरुले चुनाव जितेपछि काम नगरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “चुनाव आउँदा हामी जनताको घर–घर धाउँछन् । हात जोड्छन्, सपना देखाउँछन् । तर, जितेपछि हामी को हौँ भनेर कसैले सोध्दैन । सडकको यस्तो हालत देख्दा नेताको आँखा नखुल्नु लाजमर्दो हो । चुनाव आउँदा मात्रै हामी नागरिक हुन्छौँ ।”

    शुक्लागण्डकी नगरपालिका–६ ब्यागनका विष्णुमाया परियारले चुनावका बेला मात्रै सडकले प्राथमिकतामा पाउने गरेकामा गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “सडकको सास्ती कति छ, शब्दमा बयान गर्नै सकिँदैन । नेताहरूले यो बाटोलाई चुनावी भाषणको मसला मात्रै बनाए । हामीले दुःख भोगिरहेका छौँ, उनीहरू भाषण गरेर सत्तामा पुगिरहेका छन् ।”

    दुलेगौँडा–हर्कपुर मोटरमार्गको शुक्लागण्डकी नगरपालिका–३ वन्केवाको टारदेखि म्याग्दे गाउँपालिका–६ हर्कपुर खण्ड कालोपत्रेका लागि ठेक्का लगाएको सात वर्ष पुगेको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ योजनाअन्तर्गत दुलेगौँडा–हर्कपुर मोटरमार्ग कालोपत्रे गर्न विसं २०७६ कात्तिक ४ गते शङ्करमाली निर्माण सेवा प्रालि काठमाडौँले ठेक्का लियो । 

    कूल १०।१८ किलोमिटर सडक कालोपत्र विसं २०७८ माघ १६ गतेभित्र सक्ने सम्झौता भएपनि हालसम्म चार पटक म्याद थप भएको छ । थपिएको म्याद आगामी चैतमा सकिन्छ । तर, काम भने ५० प्रतिशत पूरा भएको छैन । 

    शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिकासँग जोडिने उक्त खण्डको दूरी २३ किलोमिटर छ । पहिलो चरणमा १० किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको थियो । 

    स्थानीय एवं दुलेगौँडा हर्कपुर मोटरमार्ग उपभोक्ता समितिका पूर्वअध्यक्ष देउबहादुर श्रेष्ठले यस क्षेत्रकै सबैभन्दा पुरानो सडक समयमै सम्पन्न नहुँदा स्थानीय र यात्रुले धुलो र हिलोको मार खेपेको बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.