banner news

स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन
-न्युजभित्तो

काठमाडौँ, १४ फागुन । निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । निर्वाचनको व्यवस्थापकीय कार्य आयोगबाट स्वीकृत कार्यतालिकाबमोजिम निरन्तर जारी रहेको उल्लेख गर्दै आयोगले...

‘जसले बाँदर नियन्त्रण गर्ने स्पष्ट खाका ल्याउँछ उसैलाई भोट दिने हो’
-न्युजभित्तो

ढोरपाटन (बागलुङ), १४ फागुन । बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले चुनाव जितेर बाँदर नियन्त्रण गर्ने नीति ल्याउन आग्रह गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मत माग्न गाउँमा पुगेका उम्मेदवारलाई मतदाताले...

तटबन्ध निर्माणपछि सुरक्षित बन्यो कुतियाकवर
-न्युजभित्तो

दोधारा चाँदनी (कञ्चनपुर), १४ फागुन । जोगबुढा नदीमा तटबन्ध निर्माण भएपछि बाढीबाट प्रभावित हुँदै आएको कुतियाकवर सुरक्षित बनेको छ ।  वर्षौंदेखि बाढीको समस्या झेल्दै आएको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवरस्थित जोगबुढा नदीमा ८०० मिटर लामो तटबन्ध निर्मण भएपछि बस्तीमा बाढीको...

सीमा क्षेत्रका मतदानस्थलको निरीक्षण
-न्युजभित्तो

इनरुवा (सुनसरी), १४ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर सीमा क्षेत्रमा रहेका मतदान स्थलको अनुगमन गरिएको छ । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले कोशी प्रदेश तथा सुनसरी जिल्लाअन्तर्गतका सुरक्षा निकायले संयुक्त रूपमा बुधबार...

राष्ट्रिय निकुञ्जभित्रका १० बस्ती स्थानान्तरण गर्न सिफारिस
-न्युजभित्तो

दाङ, १४ फागुन । बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने दाङको बबई गाउँपालिकाभित्रका १० बस्तीलाई स्थानान्तरण गर्न सिफारिस गरिएको छ । सो राष्ट्रिय निकुञ्जभित्र पर्ने बबई गाउँपालिकाको वडा नं १ र ७ का १० वटा बस्तीलाई निकुञ्जभित्रबाट स्थानान्तरण गर्न सिफारिस गरिएको...

नवलपरासी पूर्वमा तीन हजार सात सय छयालीस हेक्टर क्षेत्रमा तोरी खेती
-न्युजभित्तो

मध्यविन्दु (नवलपरासी), १४ फागुन । नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा किसानहरू तेलहन(तोरी) बालीतर्फ आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेसँगै जिल्लामा तेलहन बाली खेती गर्ने किसानको सङ्ख्या बढेको हो । अन्य बालीको तुलनामा तोरीखेतीबाट बढी फाइदा हुने तथा बजारबाट किनिएको तेल...

‘अङ्ग परिवर्तनपछिको जटिलतालाई सम्बोधन गर्न माग अलग नीति चाहियो’
-न्युजभित्तो

काठमाडौँ, १४ फागुन । अङ्ग परिवर्तन पछिको सङ्क्रमण र जटिलताहरुलाई सम्बोधन गर्न छुट्टै नीति, ऐन तथा कार्यक्रमको आवश्यकता आँैल्याइएको छ । विशेषगरी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय भित्रका यौन अङ्ग परिवर्तन गरेका तथा यस्तो चाहना राखेकाहरुले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय...

झापामा तीन मतदान केन्द्रको नेतृत्व महिलालाई
-न्युजभित्तो

झापा, १४ फागुन । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ३ को तीन मतदान केन्द्रकोे नेतृत्व महिलाले पाएका छन् । भद्रपुर नगरपालिका–८ स्थित मेची रङ्गशालामा रहेको मतदानस्थलका तीन मतदान केन्द्रको नेतृत्व महिलालाई सुम्पिएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकारी...

पोखरामा आठ सय रोपनीमा तरबुजाखेती विस्तार हुँदै
-न्युजभित्तो

गण्डकी, १४ फागुन । पोखरा महानगरपालिकामा यस वर्ष करिब ८०० रोपनी क्षेत्रफलमा तरबुजाखेती विस्तार हुने भएको छ । पोखरा महानगरले यहाँका किसानलाई तरबुजाखेतीतर्फ आकर्षित गर्न अनुदानलगायतका कार्यक्रम अघि बढाएसँगै खेती विस्तार हुँदै गएको हो । पछिल्ला वर्षमा पोखरा महानगरका विभिन्न...

घर ढल्दा च्यापिएर एकको मृत्यु, एक जना घाइते
-न्युजभित्तो

महेन्द्रनगर, १४ फागुन । कञ्चनपुरको वेदकोट नगरपालिकामा कच्ची घर छेउमै रहेको रुख घरमाथि ढल्दा च्यापिएर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्क खत्रीले घरमा रुख ढलेर वेदकोट नगरपालिका–३ पेलितालका ५० वर्षीया शारदादेवी महताको...