सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘सेफगार्डिङ’ प्रणालीलाई संस्थागत र थप प्रभावकारी बनाउँदै नेपाल रेडक्रस


  •    न्युजभित्तो/१३ फाल्गुन २०८२, बुधबार १२:१३ 
  • काठमाडौँ, १३ फागुन । नेपाल रेडक्रस सोसाइटीले संरक्षण (सेफगार्डिङ) प्रणालीलाई संस्थागत तथा प्रभावकारी बनाउने उद्देश्यले प्रगतिको मध्यावधि समीक्षा गरेको छ । समीक्षा कार्यकममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव अञ्जु ढुङ्गानाले महिला तथा बालबालिकाको संरक्षण र ‘सेफगार्डिङ’ क्षेत्रमा सरकारी नीति तथा कार्यक्रमहरूको जानकारी गराउनुभएको थियो ।

    रेडक्रसको अन्तरराष्ट्रिय समिति (आइसिआरसी), रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको महासङ्घ (आइएफआरसी), ब्रिटिस रेडक्रस, अमेरिकन रेडक्रस, फिनिस रेडक्रस, स्वीस रेडक्रस र डेनिस रेडक्रसलगायतका साझेदार राष्ट्रिय सोसाइटी र नेपाल रेडक्रसका प्रतिनिधिले ‘सेफगार्डिङ’ सम्बन्धमा देखिएका चुनौती र संरक्षणका क्षेत्रमा जागरण, उजुरी सङ्कलन, समयमै सम्बोधन र सहायताका विषयलाई अबका दिनमा प्राथमिकता दिनुपर्ने धारणा राख्नुभएको थियो ।

    नेपाल रेडक्रस ‘सेफगार्डिङ’ कार्यक्रम संयोजक सुभेच्छा मानन्धरले संरक्षण र ‘सेफगार्डिङ’ लक्षित सम्पन्न गतिविधिहरू र नेरेसो केन्द्र तथा प्रदेशस्तरीय सङ्गठनात्मक मूल्याङ्कनबारे जानकारीपश्चात् समूहगत कार्यबाट ‘सेफगार्डिङ’ प्रणाली सुढृढ गर्न रिफरल प्रणाली र गोप्य सूचनादातालाई संरक्षणको विषयमा ध्यान दिने निचोड निकालिएको छ ।

    आयोजकको तर्फबाट नेपाल रेडक्रस सोसाइटी संरक्षण, लैङ्गिक तथा समावेशीकरण विभागका निर्देशक दिव्यराज पौडेलले विगतका संरक्षण गतिविधिबाट सकारात्मक नतिजा आएको बताउनुभयो । उहाँले नेपाल सरकारको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै समुदाय र सहायताकर्मीलाई सबै प्रकारका दुव्र्यवहार र विभेदबाट बचाउने संस्कृति विकास गर्न तथा प्रभावित केन्द्रित अवधारणा लागू गर्न नेरेसोका सबै तहका स्वयंसेवक र कर्मचारीहरूलाई प्रेरित गरिने जानकारी दिनुभयो । नेपाल रेडक्रसले यौन शोषण, दुव्र्यवहार तथा उत्पीडन प्रति शून्य सहनशीलताको नीति लिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.