banner news

अर्थमन्त्री डा. खतिवडा संघीय संसदमा बजेट प्रस्तुत गर्दै (लाइभ)

  काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा आर्थिक वर्ष २०७६/७७ को बजेट पेस गर्न शुरु गर्नुभएको छ । नेपालको संविधानमा नै हरेक वर्षको जेठ १५ गते अर्थात गणतन्त्र दिवसको दिन बजेट प्रस्तुत गर्ने व्यवस्था छ । संघीय संसद्को अपराह्न...

बालकको अपहरण गरी हत्या गर्नेलाई प्रहरीले गोली हानेर समात्यो

पर्सा । बालकलाई अपहरण गरी हत्या गरेको अभियोगमा प्रहरीले आज तीन जना युवकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–३ प्रगतिनगर निवासी शम्भु साह तुरहाका आठ वर्षीय छोरा करणको अपहरण गरी हत्या गरेको अभियोगमा प्रहरीले एक भारतीयसहित तीन युवकलाई नियन्त्रणमा...

अण्डा र चल्ला बेच्नै मुस्किल

नारायण अधिकारी/रासस देशमा आत्मनिर्भर रहेको कुखुरापालन व्यवसाय पछिल्लो समय सङ्कटमा परेको छ । ह्याचरीहरुले उत्पादन गरेका चल्ला र लेयर्स कुखुराको अण्डाले मूल्य नपाउनुका साथै बिक्न मुस्किल भएपछि व्यवसायमा सङ्कट देखापरेको हो । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेलका...

रगत होइन, पसिना बगाऊँ : मुख्यमन्त्री पौडेल

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले देशलाई अविकास, पछौटेपन र गरीबीको दुष्चक्रबाट उन्मुक्त बनाउँदै स्वाधीन, समुन्नत र समृद्ध देशको रूपमा स्थापित गर्न अबको पुस्ताले श्रम र पसिना बगाउनुपर्ने बताउनुभएको छ । गणतन्त्र दिवसको उपलक्ष्यमा हेटौँडामा आज...

आज १५ खर्बको बजेट आउँदै

काठमाडौँ । सरकारले आज आगामी आर्थिक वर्षको बजेट सङ्घीय संसद्मा पेश गर्दैछ । संघीय संसद्को अपराह्न ४ बजे बस्ने संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट पेस गर्नुहुनेछ । नेपालको संविधानमा नै हरेक वर्षको जेठ...

आज १२औँ गणतन्त्र दिवस, यस्तो छ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको सन्देश

काठमाडौँ । आज १२औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ । जनआन्दोलन २०६२/०६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा लैजाने प्रस्ताव अत्यधिक मतले पारित गरेको थियो । २३८...

स्थानीय तहमा खाने हो जागिर ? बुधबार नौ हजार कर्मचारीका लागि विज्ञापन खुल्दै

काठमाडौँ । लोकसेवा आयोगले बुधबार (भोलि) झण्डै नौ हजार कर्मचारीका लागि विज्ञापन गर्ने भएको छ । स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला आयोगले झण्डै नौ हजार कर्मचारीको पदपूर्तिका लागि खुला विज्ञापन गर्न थालेको हो । आयोगका सूचना अधिकारी देवीप्रसाद...

पन्ध्र सय दिनपछि बुधबार तातोपानी नाका खुल्दै

रमेश लम्साल/रासस काठमाडौँ । अन्ततः लामो प्रतीक्षापछि चीनसँगको व्यापार नाका बुधबारदेखि सञ्चालन हुने भएको छ । २०७२ सालको भूकम्पले भत्काएका भौतिक संरचनाको दुवै देशले निर्माण गरेपछि एक हजार ४९५ दिनपछि नाका सञ्चालनमा आउन लागेको हो । नाका सञ्चालनका लागि...

भारतले नाकामा ट्याङ्कर रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको हाहाकार

भद्रपुर । भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको छ । अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ शुरु गरिएको जनाउँदै भारतीय भन्सारले चार दिनदेखि तेलवाहक नेपाली...

सौराहामा गैँडाको झझल्को दिने एवम् एक हजार मानिस अटाउने सभाहल निर्माण गरिँदै

चितवन । पर्यटकीय नगरी सौराहामा गैँडाको झझल्को दिने गरी सौराहा सभाहल निर्माण गरिने भएको छ । रत्ननगर नगरपालिका–७ सिस्वारचौरमा रु ५५ करोडको लागतमा सुविधासम्पन्न सभाहल निर्माण गर्न लागिएको हो । सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका इञ्जिनीयर सृष्टि भुसालका...