सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बालकको अपहरण गरी हत्या गर्नेलाई प्रहरीले गोली हानेर समात्यो


  •    /१५ जेष्ठ २०७६, बुधबार १५:१४ 
  • पर्सा । बालकलाई अपहरण गरी हत्या गरेको अभियोगमा प्रहरीले आज तीन जना युवकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–३ प्रगतिनगर निवासी शम्भु साह तुरहाका आठ वर्षीय छोरा करणको अपहरण गरी हत्या गरेको अभियोगमा प्रहरीले एक भारतीयसहित तीन युवकलाई नियन्त्रणमा लिएको हो ।

    पक्राउ परेका भारत विहारको बेतिया घर भई हाल वीरगञ्जको प्रगतिनगरमा बस्दै आएका विकास शर्मा, बाराको कलैया उपमहानगरपालिका–११ निवासी सिकेन्द्र साह र बाराकै खपरताता बस्ने विनेश महतोलाई प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

    बालक अपहरण र हत्याको अभियोगमा पक्राउ परेका बारा निवासी विनेश महतोलाई बुधबार सार्वजनिक गर्दै पर्सा प्रहरी ।

    घरअगाडि खेलिरहेको अवस्थामा जेठ १० गते करणलाई अपहरण गरी उनका पितासँग ३० लाख फिरौती माग्दै आएको र फिरौती पाउन ढिलो भएपछि बालकको हत्यासमेत गरेको अभियोगमा तीनै जनालाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो । उहाँले अपहरणकारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागी विकास र सिकेन्द्र घाइते भएका बताउनुभयो ।

    अपहरणकारीले दिएको सूचनाका आधारमा कलैया उपमहानगरपालिका–२५ मा पर्ने खौराही खोलामा बालकको शव खोजतलास गर्ने क्रममा विकास र सिकेन्द्र भागेपछि उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको उपरीक्षक ढकालले जानकारी दिनुभयो । घाइते दुवैको वीरगञ्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

    खोराही खोलाबाट बरामद गरिएको करणको शव परीक्षणका लागि कलैया अस्पतालमा राखिएको छ । पक्राउ परेका तीनै जनामाथि अपहरण र कर्तव्य ज्यान मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खोरसोरमा गोविन्देको त्रास
    प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
    विद्युत् आपूर्तिलाई प्रभावकारी बनाउने ऊर्जामन्त्रीको प्रतिबद्धता
    • अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
    • दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
    • चितवनबाट बाघ पर्सा पठाइयो
    • मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.