banner news

टाटासुमो दुर्घटनामा तीन जनाको मृत्यु, तीन बेपत्ता, पाँच गम्भीर घाइते

रसुवा  / रसुवाको स्याफ्रुबेसी सडकखण्डमा सोमबार साँझ भएको टाटासुमो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । तीन जना अझै बेपत्ता छन् भने पाँच गम्भीर घाइते छन् ।            दुर्घटनामा परी मृत्यु हुनेमा आमाछोदिङ्मो गाउँपालिका–४ का ३२ वर्षीय नोर्वु तामाङ,...

नेपालमा चार लाख ८५ हजार दुर्व्यसनी

काभ्रेपलाञ्चोक । नेपालमा हाल चार लाख ८५ हजार दुर्व्यसनी (लागुऔषध प्रयोगकर्ता) रहेको एक तथ्याङ्कले देखाएको छ । त्यसमध्ये दुई लाख दुर्व्यसनी लागुऔषध छाड्न नसक्ने अवस्थाका छन् भने दुई लाख ८५ हजार छाड्न सक्ने अवस्थामा छन् । लागुऔषध दूव्र्यसन विरुद्धका अभियन्ता...

यार्सा सङ्कलकबाट ९० लाख शुल्क उठ्यो, व्यवस्थापनका नाममा २५ प्रतिशत खर्च

रारा । मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिका–२, मुगु गाउँको पाटन क्षेत्रमा पाइने यार्सा सङ्कलनमा जानेबाट मुगुम कार्मारोङ गाउँपालिकाले ९० लाख रुपैयाँ शुल्क उठाएको छ । मुगुम कार्मारोङ गाउँपालिका–२, मुगु गाउँको पाटन क्षेत्रका एक दर्जनभन्दा बढी गाउँमा यार्सा गुम्बा पाइन्छ ।...

मुख्यमन्त्री पौडेल एक हप्ताका लागि अस्पताल भर्ना

हेटौँडा /  प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल एक हप्ताका लागि अस्पताल भर्ना हुनुभएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जानुभएका पौडेललाई अस्पतालले एक हप्ताका लागि भर्ना गरेको हो ।          मुख्यमन्त्री पौडेल मुटुको नियमित परीक्षणका लागि...

रामपुरमा कृषि प्रदर्शनी एवम् कृषक मेला हुने

चितवन । कृषि तथा बन विज्ञान विश्वविद्यालयले पहिलो पटक कृषि प्रदर्शनी एवम् कृषक मेला २०७६ गर्ने भएको छ । ‘कृषि ज्ञान र प्रविधि, विकास र समृद्धिको आधार’ भन्ने नाराका साथ यहि जेठ ३२देखि असार ३ गतेसम्म कृषि प्रदर्शनी आयोजना...

दरबार हत्याकाण्डको १८ वर्ष : रहश्य अझै गर्भमै

काठमाडौँ । तत्कालीन राजा वीरेन्द्रको वंश नाश हुने गरी भएको दरबार हत्याकाण्डको आज १८ वर्ष पूरा भएको छ । दरबार हत्याकाण्ड भएको १८ वर्ष बिते पनि त्यसको रहश्य अझै गर्भमै छ । नेपालको इतिहासमा ‘कालरात्रि’का रूपमा चर्चित दरबार हत्याकाण्डसँग...

छुट्टाछुट्टै घटनामा दुई महिलाको ज्यान गयो

हेटौँडा । मकवानपुरगढी गाउँपालिकाको बुङदलमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । शनिबार राति हावाहुरीसँगै परेको चट्याङ लागेर अर्की एक महिला घाइते भएकी छन् । चट्याङ लागेर बुङदल देउरालीकी २६ वर्षीया विमला घलानको घटनास्थलमै मृत्यु भएको छ भने कान्छीमाया...

केपी ओलीले नै पाँच वर्षसम्म सरकार चलाउनुहुन्छ : अध्यक्ष प्रचण्ड

धरान /  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरण ताका भएको गोप्य सहमतिलाई मिडियाले फरक ढङ्गले व्याख्या गरिदिएको भन्दै गुनासो गर्नुभएको छ ।           सुनसरी क्षेत्र नं–१ का कार्यकता प्रशिक्षण तथा भेटघाट कार्यक्रमलाई आज सम्बोधन गर्दै...

पार्टी एकताको समझदारीलाई अनावश्यक नउचालौँ : नेकपा अध्यक्ष प्रचण्ड

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरण इमान्दारीका साथ कार्यन्वयन गरिने बताउनुभएको छ । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टी एकताका समयमा भएको समझदारीलाई अनावश्यक उचाल्न नहुने धारणा व्यक्त गर्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत...

डोजरले भत्काएका मन रङ्गशाला निर्माणमा यसरी जुटे

चितवन । त्यो जनबल जसले क्रिकेट रङ्गशाला निर्माणका लागि वातावरण तयार गरेको छ । साँसददेखि स्थानीयको त्यो साथ, जसले एउटा आशा र उत्साहको सञ्चार गरेको छ । गएको बुधबार केही उच्छृङ्खल व्यक्तिले भत्काएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बार उठाउन...