सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सौराहामा गैँडाको झझल्को दिने एवम् एक हजार मानिस अटाउने सभाहल निर्माण गरिँदै


  •    /१४ जेष्ठ २०७६, मंगलवार १२:३७ 
  • चितवन । पर्यटकीय नगरी सौराहामा गैँडाको झझल्को दिने गरी सौराहा सभाहल निर्माण गरिने भएको छ । रत्ननगर नगरपालिका–७ सिस्वारचौरमा रु ५५ करोडको लागतमा सुविधासम्पन्न सभाहल निर्माण गर्न लागिएको हो ।

    सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका इञ्जिनीयर सृष्टि भुसालका अनुसार सभाहलको बोलपत्र आह्वान भइसकेको छ । पछिल्लो प्रविधि अपनाएर बनाउन लागिएको सो सभाहल दुई हजार १०० वर्गमिटरको हुने भुसालले बताउनुभयो । सभाहलमा एक हजार सहजै बस्न सक्नेछन् । यसका अतिरिक्त १५० क्षमताको बैठककक्ष, आकर्षक स्टेज, पूर्वतयारी कक्ष, शौचालय, कार्यक्रममा नाम दर्ता गर्ने ठाउँ, भवनभित्र खुला क्षेत्र रहनेछन् ।

    भुसालले भवनको अगाडिको भाग गैँडाको टाउकोजस्तो देखिने गरी नक्साङ्कन गरिएको जानकारी दिनुभयो । दुई वर्षभित्रमा सभाहल निर्माण सम्पन्न गर्ने गरी बोलपत्र आह्वान गरिएको छ । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले राष्ट्रिय र अन्तर्राष्ट्रिय ठूला कार्यक्रम गर्न सभाहल उपयोगी हुने बताउनुभयो । मानिस बस्नका लागि होटल भएकाले सभाहल बनेसँगै धेरैको कार्यक्रम गर्ने चाहना सौराहा बन्ने उहाँको भनाइ छ ।

    क्षेत्रीय होटल सङ्घका अध्यक्ष सुमन घिमिरेका अनुसार सौराहामा हाल ११० होटल रहेका छन् । जहाँ दुई हजार ७५० जना बस्न सक्ने क्षमता रहेको छ । सभाहलको अभावमा सौराहामा ठूला कार्यक्रम कम आउने र पालको भरमा कार्यक्रम गर्नुपर्ने बाध्यता यसले अन्त्य गर्ने घिमिरेले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.